Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड ७ मा निशुल्क आँखा शिविर सम्पन्न
शनिवार, पौष ७, २०८०
बिर्तामोड, ०७ पुस । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
७ नम्बर वडा कार्यालयको आयोजना तथा बिर्ता आई केयरको प्राविधिक सहयोगमा शुक्रबार जेष्ठ नागरिक भवन मिलडांडामा शिविर सम्पन्न भएको हो ।शिविरमा १ सय ८२ जनाले सेवा लिएको बिर्ता आई केयरकी व्यवस्थापक गिता बस्नेतले जानकारी दिनु भयो । जसमध्ये २६ जना मोतियाबिन्दु र ११ जना आँखामा मासु पलाएका बिरामी फेला परेका छन् ।
शिविरमा आई केयरले निशुल्क जाँच गर्नुका साथै आवश्यक औषधी तथा विपन्नहरुलाई चश्मा पनि निशुल्क वितरण गरेको छ ।ब्यवस्थापक बस्नेतका अनुसार शिबिरमा चेकजांच गराउने गरिब तथा विपन्नहरुको अप्रेशनसमेत आई केयरमा निशुल्क हुनेछ ।वडा नम्बर ७ का वडाअध्यक्ष अबिरल कृष्ण खरेलले वडाबासीको स्वास्थ्यलाई ख्याल गर्दै आँखा शिविरको आयोजना गरिएको बताउनु भयो । वडाअध्यक्ष खरेलले यस आर्थिक वर्षमामात्रै ७ नम्बर वडामा २ पटक आँखा शिविर आयोजना गरीसकिएको जानकारी दिनुभयो ।शिविरमा कार्यपालिका सदस्य लक्षिमा खतिवडा, वडासदस्य लता विश्वकर्मा, स्थानीय समाजसेवी युवा गणेश कोईराला लगायत आवश्यक व्यवस्थापनमा जुट्नु भएको थियो ।
शिविर फलदायी भएकोले आगामी दिनमासमेत विभिन्न प्रकारका स्वास्थ्य शिविरको आयोजना गरिने वडाअध्यक्ष खरेलले बताउनु भयो ।