Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
झापाको पर्यटकीय क्षेत्र दोमुखामा रहेको नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण
शनिवार, पौष ७, २०८०
शिवसताक्षी,०७ पुस । झापाको पर्यटकीय क्षेत्र दोमुखामा पर्ने नुनमाटी खोलामा ट्रष्ट ब्रिज निर्माण भएको छ ।
दोमुखामा आउने पर्यटकहरुको सहजताका लागि निर्माण गरिएको ट्रष्ट ब्रिज शुक्रबारदेखि सञ्चालनमा आएको हो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले संयुक्त रुपमा उक्त ब्रिजको उद्घाटन गर्नु भयो ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले बर्षातका समयमा नुनमाटी खोलाबाट आवत जावत गर्न कठिनाई भएकाले ट्रष्ट ब्रिज निर्माण गरिएको बताउनु भयो। यसले पर्यटकीय क्षेत्र दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।
यस क्षेत्रमा घुम्न आउनका लागि सडक लगायत आवश्यक पूर्वाधारहरु तयार भएको नगर प्रमुखको भनाई छ ।ब्रिजको कुल लागत ३३ लाख ७५ हजार ८७१ रहेको छ । जसमा संघीय झोलुङ्गे पुल क्षेत्रागत कार्यक्रमबाट २८लाख ६९ हजार ४९०, शिवसताक्षी नगरपालिकाबाट ४ लाख ३८ हजार, ८६३ र जनसहभागिता ६७ हजार ५१७ रहेको सूचना बोर्डमा उल्लेख छ ।
२४ मिटर लम्बाईको रहेको उक्त ट्रष्ट ब्रिजको निर्माणका लागि सहारा नेपालले प्राविधिक सहयोग गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ।