शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

सन्त नेता भट्टराईको शताब्दी जन्म दिवस आज, सानेपामा विमर्श सभा

आइतवार, पौष ८, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज विमर्श सभा गर्दैछ । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो ।

सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरु र विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन् । दिउँसो १ः१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री निलाम्बर आचार्य र विश्लेषक सिके लालबीच विशेष अन्तरक्रिया हुनेछ ।

सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नुहुनेछ।वि.सं. १९८१ पुष ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो ।

नेपाली कांग्रेसका पूर्वसभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन् ।

सम्बन्धित खबर