शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा प्रथम जुत्ता-चप्पल व्यापार महोत्सव हुने

आइतवार, पौष ८, २०८०

बिर्तामोड, ०८ पुस । कोशी प्रदेशमै पहिलो पटक  झापाको बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव हुने भएको छ ।
‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ गते भोलीदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ आयोजना गर्न लागिएको हो ।

बिर्तामोडस्थित सिटी सेन्टरमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उदेश्य राखिएको छ । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्ड राखिने छ ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहने, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले बताउनु भयो । मेलामा १५ सयदेखि ७ हजार मूल्यसम्मका जुत्ता चप्पल राखिने आयोजकले जनाएको छ ।
स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख शहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको न्यौपानेले बताउनु भयो ।

महोत्सवमा रोयल शुज, बीएफ डियर हील शुज , क्रशरोड शुज , फस्टवाक शुज , स्मार्ट शुज , डीजे शुज , टुरिस्ट शुज र रन शुज गरी ८ वटा ब्राण्ड राखिने छ ।मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् । मेला ३ लाख जनाले अवलोकन गर्ने अपेक्षा छ ।

सम्बन्धित खबर