Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, तीन वटा घर जलेर नष्ट
आइतवार, पौष ८, २०८०
झापा , ०८ पुस । झापाको दमक नगरपालिका- ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। आज बिहान ३ बजेतिर आगलागीबाट शिविरका तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो।
रिजालका अनुसार बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फो , छाप्रा नम्बर ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा विद्युतको तार चुहावट भई आगलागी भएको थियो।
आगलागीबाट तीन वटा घर, घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको डीएसपी रिजालले बताउनु भयो ।
शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान साढे ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। झापामा दिनहुँ जसो आगलागीका घटना भइरहेको छन् ।