शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

हर्क साम्पाङको फेसबुक स्ट्याटस : राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको राख्छु

बुधवार, पौष ११, २०८०

झापा, ११ पुस । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर यलम्बरको फोटो राख्ने बताउनु भएको छ ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै केन्द्रले महत्त्व दिएको दिनमा मात्रै पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो टास्ने भन्दै भोली यलम्बरको फोटो राख्ने बताउनु भएको हो ।


मेयर साम्पाङले लेखेको स्ट्याटस यस्तो छ ।यलम्बरलाई किरातहरूको पहिलो राजा मानिन्छ। जसले किराँतीहरूको रहनसहन व्यापार, रीतिथिति, संस्कार, संस्कृति जोगाउने कार्य गरेका थिए भनिन्छ ।

काठमाडौँ उपत्यकाका गोपाल वंशका राजालाई पराजित गरी उपत्यकालाई आफ्नो राज्य स्थापित गर्ने पहिलो ठूलो किरात राजासमेत रहेका यलम्बरले नेपालकै ठुलो र लामो शासन गर्ने किरात राजा मध्ये एक मानिन्छन् ।

सम्बन्धित खबर