शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

कृषि र उद्योग क्षेत्रमा हदबन्दी हटाउनु पर्छ : पूर्वअर्थमन्त्री पाण्डे

बिहिवार, पौष १२, २०८०

बिर्तामोड, १२ पुस । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पुरानोशैलीले कृषि,व्यापारको क्षेत्रमा प्रगति गर्न नसकिने बताउनु भएको छ। उहांले व्यापारमा आधुनिकशैली अपनाउनुपर्ने बताउनु भयो

झापाको बिर्तामोडमा बुधबार आयोजित बिर्तामोड उद्योग वाणिज्य संघको उम्मेदवार घोषणा कार्यक्रममा सम्बोधन गर्दै व्यापारमा पुरानैशैली भएका कारण व्यापार क्षेत्र फस्टाउन नसकेको बताउनु भयो । उहांले व्यापारमा नयाँ खोज अनुसन्धान गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले व्यापार गर्ने र खरिद गर्ने उमेर समूह देश बाहिर पलायन भइरहेको बताउनु भयो ।
पाण्डेले केन्द्र, प्रदेश र स्थानीय सरकारले आर्थिक गतिविधि बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।सिफारिस दिएर मात्रै जनप्रतिनिधिको जिम्मेवारी पुरा नहुने भन्दै उहांले आ–आफ्नो ठाउँको आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकारको भूमिका हुने धारणा राख्नुभयो।

कृषि र उद्योग क्षेत्रमा हदबन्दी हटाउनुपर्ने पूर्वअर्थमन्त्री पाण्डेको भनाई छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुन कुमार मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुनुहुन्छ ।अर्जुनकुमार मैनाली

 

सम्बन्धित खबर