शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

भोजपुरमा निमार्णधीन पक्की पुलको संरचना भाँचियो

बिहिवार, पौष १२, २०८०

१२ पुस । भोजपुरमा निमार्णधीन पक्की पुलको संरचना भाँचिएको छ।
षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा बन्दै गरेको पक्की पुल बिहीबार बिहान भाँचिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेशकुमार उदासले जानकारी दिनुभयो ।उदासले पुल ढलान गर्नका लागि तयार पारिएको संरचना भाँचिएको बताउनु भयो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९मा उक्त पुल ठेक्का लगाएर बनाउन थालिएको हो । उक्त पुल दिव्यज्योति धनञ्जय जेभीले बनाइरहेको छ। पुलको लागत ६ करोड ३० लाख रूपैयाँ रहेको जनाईएको छ ।

सम्बन्धित खबर