Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्री उठ्ने
शनिवार, पौष १४, २०८०
बिर्तामोड, १४ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने हुनु भएको छ ।
निर्बाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नु भएको हो ।
व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्यमा उम्मेदवारी दिने बताउनु भयो । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै उहांले यस क्षेत्रको प्रतिनिधित्व हुने गरि वाणिज्य संघको निर्वाचनमा उठ्न लागेको जानकारी दिनुभयो ।
सदस्यमा आफ्नो जीत सुनिश्चित रहेको भन्दै खत्रीले यस पटक व्यवसायी र बजारको हित हुनेगरि काम गर्नसक्ने क्षमतावान उम्मेद्वारलाई भोट दिन सबैलाई आग्रह गर्नु भयो ।
यस अघि वाणिज्य संघमा चुनाव जितेर नेतृत्वमा आउनेहरुले व्यवसायीको हितमा कुनै पनि काम नगरेको व्यवसायी खत्रीको गुनासो छ ।
ढुवानी क्षेत्रका अर्का व्यवसायी हेमराज अधिकारीले वाणिज्य संघको निर्वाचनमा खत्रीलाई सबैको साथ सपोर्ट रहेको बताउनु भयो । उहांले ढुवानी व्यवसायीको प्रतिनिधिकारुपमा खत्रीलाई अघि बढाइएको बताउनु भयो । व्यवसायी खत्री सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय हुनुहुन्छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचन मिति घोषणा भएसंगै चुनावी गतिविधि बढेको छ । संघका वर्तमान महासचिब अर्जुनकुमार मैनाली अध्यक्ष पदमा औपचारिक उम्मेदवार घोषणा भएपछि चुनावी मैदानमा हुनुहुन्छ ।