शुक्रवार, मंसिर ७, २०८१
Nayapaper | अनलाइन पत्रिका

बीपीको मेलमिलाप नीति झन सान्दर्भिक : काङ्ग्रेस झापा सचिव हुमागाई

आइतवार, पौष १५, २०८०

बुधबारे, १५ पुस । नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता वर्तमानमा झन बढेर गएको बताउनु भएको छ ।
राष्ट्रिय मेलमिलाप नीति दिवसका सन्दर्भमा नेपाली काङ्ग्रेस बुद्धशान्ति, नेपाल तरुण दल र नेबिसंघद्वारा आज बुधबारेको हात्तीसुढेमा आयोजित बीपी बिचार गोष्ठी र बनभोज-खिचडी कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै काङ्ग्रेस युवा नेता हुमागाईले बीपीको मेलमिलाप नीतिकै जगमा मुलुकमा अग्रगामी परिवतन सम्भव भएको भनाई राख्नुभयो ।
देशका तमाम तरुण, युवा, विद्यार्थीले बीपीको प्रजातान्त्रिक समाजवादी आत्मसाथ गरेको खण्डमा मात्र देशले चाडै समृद्धिको यात्रा तय गर्ने बिचार ब्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस झापा क्षेत्र न. २ का सभापति खगेन्द्र मैनालीले बीपीको योगदान र मार्गदर्शक सिद्धान्तलाई सम्झेर आजकै दिनबाट आपसी मेलमिलापका सथ काङ्ग्रेस नेता-कार्यकर्ताहरु अघि बढनु पर्नेमा जोड दिनुभयो ।
नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँ समिति सभापति चक्र शेर्माले मेलमिलाप नीतिको प्रभाव र परिणाम माथी प्रकश पार्नु भएको सो कार्यक्रममा ४ न. वडाध्यक्ष शेरबहादुर रायले नेपाली राजनीतिमा बीपीको योगदानमाथी चर्चा गर्नुभएको थियो ।
नेविसंघ बुद्धशान्ति गाउँसमिति सचीव प्रकाश शेर्माले संचालन गर्नुभएको सो कार्यक्रममा नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियो ।
सो उपलक्ष्यमा तरुण युवाहरुबीच डोरीतान खेल, हण्डी, फुटाउने, तातो आलु, म्युजिककल चेयर तथा चेतनामुलक र मनोरन्जनात्मक गीत, नृत्यहरु प्रस्तुत गरिएका थिए !

सम्बन्धित खबर