शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

इक्यान झापाको अध्यक्षमा रोशन सुवेदी चयन

सोमवार, पौष १६, २०८०

बिर्तामोड,१६ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी चयन हुनु भएको छ ।
दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिमा निवर्तमान अध्यक्षमा मिलन ओली, उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि) चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका निर्वाचन समितका संयोजक पुष्पराज भट्टराईले जानकारी दिनुभयो । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको हो ।

इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा आइतवार बिर्तामोडमा भएको बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन इक्यानका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले गर्नु भएको थियो । उहांले शैक्षिक परामर्श क्षेत्रको विकास तथा एकतालाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा इक्यान झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराई, नेल्टाका केन्द्रिय सदस्य धमेन्द्र भट्टराई (मामा), रोटरी क्लब अफबिर्तामोड मिड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा इक्यान केन्द्रिय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, इक्यान पूर्वाञ्चल शाखाका नवनिर्वाचित अध्यक्षसहित प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।

इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष, सचिव र कोषध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।

अधिवेशनको अवसरमा विभिन्न नेतृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने इक्यानलाई महत्वपूर्ण योग्दान पुर्याएको भन्दै संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेल र अतिरिक्त विभाग प्रमुख अग्नी सापकोटा(अनिल) लाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर