शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

डिल्लीराज माविमा तालाबन्दी

सोमवार, पौष १६, २०८०

बिर्तामोड, १६ पुस ।  झापा गाउंपालिकामा रहेको डिल्लीराज माविमा शिक्षकहरुले तालाबन्दी गरेका छन् ।
आज विहान ११ बजे शिक्षकहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।
प्रअ बिरेन्द्र प्रसाद गुप्ता र जिन्सी शाखामा तालाबन्दी गरिएको शिक्षक प्रतिनिधि एकनारायण गणेशले जानकारी दिनुभयो ।

शिक्षकहरुले विद्यालयमा बढ्दो वेथिती अन्त्य गर्न माग गर्दै आएका छन् । उनीहरुले विद्यालयका प्रअ गुप्ता विरुद्द अख्तियारमा परेको मुद्दाको तत्काल छिनोफानो हुनुपर्ने माग राखेका छन् । सर्वपक्षीय भेला र अविभावक भेलाको माग गर्दै शिक्षकले तालाबन्दी गरेका हुन् । विद्यालयमा पठनपाठनमा भने कुनै अवरोध नभएको बुझिएको छ ।
शिक्षकहरुले विव्यस अध्यक्ष कलाम शेखको उपस्थितिमै तालाबन्दी गरेका हुन् । 

सम्बन्धित खबर