Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
सहयोगी मनहरु नेपालले आयोजना गरेको निशुल्क आँखा शिविरमा २ सय ९२ जना लाभान्वित
मङ्गलवार, पौष १७, २०८०
बिर्तामोड, १७ पुस । सहयोगी मनहरु नेपालको आयोजनामा दमकमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वर्षौ देखि विभिन्न सामाजिक कार्यमा अग्रसर यस संस्थाले आँखा रोगीहरुको समस्यालाई ध्यानमा राखेर शिविरको आयोजना गरेको हो ।
दमक नगरपालिका ९ नम्बर वडा कार्यालय, निम्स हस्पिटल दमकको व्यवस्थापन र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको विशेषज्ञसहितको शिविरमा २ सय ९२ जना लाभान्वित भएका छन् ।जस मध्ये २५ जनामा मोतिया विन्दु फेला परेको र १३ जनाको अप्रेसन गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिनुभयो ।शिविरमा आवश्यक औषधीसमेत निशुल्क वितरण गरिएको थियो । शिविर दमक ९ को शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा दमक ९ का वडाअध्यक्ष कुवेर प्रसाद भट्टाराईको प्रमुख आतिथ्य रहेको थियो ।शिविरमा निम्स हस्पिटलका अध्यक्ष उमाकान्त आचार्य, शहरी स्वास्थ्य केन्द्र दमक ९का इन्चार्ज जयमन्त पण्डित, शिव टोल विकास समितिका अध्यक्ष तथा नगर स्वास्थ्य शहरी स्वास्थ्य केन्द्रका जग्गा दाता सोमराज तामाङ, सेतुवारी सहकारी संस्थाका अध्यक्ष दिपक खनाल, स्थानीय समाजसेवी समीन रिजाल, इन्द्र श्रेष्ठ, प्रमोद ठाकुरलगायतको आतिथ्य रहेको थियो ।