शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोडमा ग्याङ फाइट, खुकुरीसहित ४ जना पक्राउ

मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड, १७ पुस । इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर स्टेण्डबाट ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । भद्रपुर स्टेण्डमा ग्याङ फाइट भएको सूचना लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रण लिएको जनाएको छ । घटनास्थलबाट युवाहरुलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोड लगिएको छ ।

झापा प्रहरीका अनुसार ४ जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रहरीले समयमै युवाहरु नियन्त्रणमा लिएका कारण ठुलो दुर्घटना टरेको छ । युवाहरुबीच गाडिभित्र झगडा सुरु भइसकेको स्थानीय प्रत्यक्षदर्शी बताउछन् ।

पक्राउ परेका युवाहरुको नाम खुलाइएको छैन । संभवतः उनीहरु बिर्तामोडमै अध्ययनरत कलेजका विद्यार्थीहरु हुन सक्ने जनाईएको छ ।

सम्बन्धित खबर