आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड नगरअस्पतालाई ३ थान आर्मचेयर सहयोग हस्तान्तरण

बुधवार, पौष १८, २०८०

बिर्तामोड,१८ पुस । बिर्तामोड नगर अस्पताललाई ३ थान आर्मचेयर कुर्सी हस्तान्तरण गरिएको छ ।
परिवर्तन सामुदायिक सिकाइ केन्द्र, विर्तामोड २ चारपानेले २ थान र विर्तामोड ३ निवासी गृल व्यवसायी पहलमान चौहानले १ थान गरि ३ थान फलामको आर्मचेयर कुर्सी मंगलबार प्रदान गर्नु भएको हो ।

एक संक्षिप्त कार्यक्रमका विच दाता केन्द्रका अध्यक्ष डिल्लीराज सिटौला र चौहानले नगर उपप्रमुख तथा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नगेन्द्र प्रसाद संगौलालाई हस्तान्तरण गर्नु भएको हो ।

दाताबाट २० हजार मुल्य बराबरको आर्मचेयर प्राप्त भएको अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुनकुमार पाठकले जानकारी दिनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सुनिल अधिकारी, प्रशासन प्रमुख विमल पोख्रेल लगायको उपस्थिति रहेको थियो ।

दाताहरुले नगरअस्पतालमा आउने सेवाग्राहीको सहजताको लागि सहयोग गरेका हुन् ।

सम्बन्धित खबर