शुक्रवार, वैशाख २८, २०८१
NayaPaper | अनलाइन पत्रिका

भारतका विदेशमन्त्री एस.जयशंकर आज नेपाल आउँदै

बिहिवार, पौष १९, २०८०

काठमाडौं, १९ पुस । भारतका विदेशमन्त्री एस.जयशंकर बिहीबार बिहान नेपाल आउँदै हुनुहुन्छ ।

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।बैठक बिहीबार काठमाडौंमा बस्दैछ ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख राजनीतिक दलका शीर्ष नेता लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री जयशंकरको टोली नेपाल भ्रमण सकेर शुक्रबार नै भारत फर्किनेछ ।

सम्बन्धित खबर