शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

राष्ट्रिय सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठबन्धनको बैठक आज पनि बस्दै

बिहिवार, पौष १९, २०८०

काठमाडौं, १९ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धन दलको बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठक आज बस्नेगरी बिना निष्कर्ष सकिएको थियो । गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि समेटेर लैजाने प्रस्ताव राख्नुभएको थियो। सो प्रस्तावमा गठबन्धनका अरु दलले छलफल गर्न सकिने बताएका थिए ।
राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ ११ गते चुनव हुँदैछ ।

सम्बन्धित खबर