शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई भाग दिन कांग्रेस र माओवादी केन्द्र सहमत

बिहिवार, पौष १९, २०८०

आसन्न राष्ट्रियसभाको निर्वाचनमा प्रमुख विपक्षी नेकपा एमालेलाई पनि भाग दिन सत्तारुढ मुख्य दुई दल सहमत भएका छन् ।
रिक्त रहेका १९ सिटमध्ये तीन सिट एमालेलाई दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत भएका हुन् ।
बुधबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस र माओवादीका नेताहरूले एमालेलाई तीन सिट दिने प्रस्ताव गरेका थिए । तर यो प्रस्तावमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी असहमति प्रकट गरेका छन् ।

एस र जसपाको असहमतिपछि बुधबारको छलफलले ठोस निष्कर्ष दिन नसकेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार आज बिहान बस्ने बैठकले यसबारे निर्णय गर्ने सम्भावना छ ।

तीन सिट दिने कांग्रेस–माओवादीको प्रस्तावबारे एमालेको प्रतिक्रिया भने आइसकेको छैन । यद्पि एमालेले राष्ट्रियसभामा भाग दिए टिआरसीमा सहयोग गर्ने प्रस्ताव गरेको थियो ।

सम्बन्धित खबर