Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई भाग दिन कांग्रेस र माओवादी केन्द्र सहमत
बिहिवार, पौष १९, २०८०
आसन्न राष्ट्रियसभाको निर्वाचनमा प्रमुख विपक्षी नेकपा एमालेलाई पनि भाग दिन सत्तारुढ मुख्य दुई दल सहमत भएका छन् ।
रिक्त रहेका १९ सिटमध्ये तीन सिट एमालेलाई दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत भएका हुन् ।
बुधबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस र माओवादीका नेताहरूले एमालेलाई तीन सिट दिने प्रस्ताव गरेका थिए । तर यो प्रस्तावमा सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी असहमति प्रकट गरेका छन् ।
एस र जसपाको असहमतिपछि बुधबारको छलफलले ठोस निष्कर्ष दिन नसकेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार आज बिहान बस्ने बैठकले यसबारे निर्णय गर्ने सम्भावना छ ।
तीन सिट दिने कांग्रेस–माओवादीको प्रस्तावबारे एमालेको प्रतिक्रिया भने आइसकेको छैन । यद्पि एमालेले राष्ट्रियसभामा भाग दिए टिआरसीमा सहयोग गर्ने प्रस्ताव गरेको थियो ।