आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

गिरीबन्धु चिया बगानमा झुन्डिएका युवकको पहिचान खुल्यो, झापामा एकै दिन ३ जनाको शव भेटियो

बिहिवार, पौष १९, २०८०

बिर्तामोड, १९ पुस । बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा आज विहान झुन्डिएको अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
उनी इलामको देउमाई नगरपालिका वडा नम्बर ८ जितपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ रहेको जनाइएको छ ।

तामाङ रुखमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

तामाङसहित आज झापामा तीनजना मृत भेटिएका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत भेटिएका हुन् ।
शिबसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत भेटिएका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आज बिहान झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको कोठामा सलको पासो लागेर झुन्डिएकी अवस्थामा फेला परेकी छिन् ।
आफन्तले देखेर तत्काल पासो खोली भुइँमा झारे पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर