Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
गिरीबन्धु चिया बगानमा झुन्डिएका युवकको पहिचान खुल्यो, झापामा एकै दिन ३ जनाको शव भेटियो
बिहिवार, पौष १९, २०८०
बिर्तामोड, १९ पुस । बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा आज विहान झुन्डिएको अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
उनी इलामको देउमाई नगरपालिका वडा नम्बर ८ जितपुर आमबोटे बस्ने १७ वर्षीय प्रभु तामाङ रहेको जनाइएको छ ।
तामाङ रुखमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
तामाङसहित आज झापामा तीनजना मृत भेटिएका छन् । दुईजना झुन्डिएको अवस्थामा र एकजना भवनभित्र मृत भेटिएका हुन् ।
शिबसताक्षी १० स्थित वाणिज्य संघको निर्माणाधीन भवनभित्र मागी खाई हिँड्ने पुरुष मृत भेटिएका छन् । मृतक धरान ६ बस्ने अन्दाजी ४० वर्षीय यमकुमार धमला भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, आज बिहान झापा गाउँपालिका ३ गैरीगाउँ बस्ने गोविन्द पराजुलीकी छोरी १६ वर्षीया अनुसा पराजुली आफ्नै घरको कोठामा सलको पासो लागेर झुन्डिएकी अवस्थामा फेला परेकी छिन् ।
आफन्तले देखेर तत्काल पासो खोली भुइँमा झारे पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।