शुक्रवार, असोज ४, २०८१
NayaPaper | अनलाइन पत्रिका

राष्ट्रियसभा निर्वाचनका लागी कोशी प्रदेशबाट नेकपा एमालेका ७ जनाको नाम सिफारिश

बिहिवार, पौष १९, २०८०

काठमाडौं, १९ पुस । नेकपा (एमाले)ले राष्ट्रियसभा निर्वाचनका लागी कोशी प्रदेशबाट ७ जनाको नाम सिफारिश गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको प्रदेशका पदाधिकारीको बैठकले ४ पुरुष र ३ महिलासहित ७ जनाको नाम सिफारिश गरेको हो ।

सिफारिश हुनेमा उमानाथ ओली, हरिशचरण बानियाँ, परशुराम अधिकारी र कर्ण घले रहेका छन् । यस्तै दलित, अल्पसख्यक, महिला कोटाबाट रुक्मिणि कोइराला, मेचीमाया धिमाल र रजनी मेचेको नाम सिफारिश भएको छ ।

कांग्रेसले भने यसअघि नै कृष्णप्रसाद सिटौलासहित ३८ जना पुरुष तथा महिलातर्फ २५ जनाको नाम सिफारिश गरेको छ भने माओवादीले ७ जनाको नाम सिफारिश गरेको छ ।

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोख्रेलको पदावधि आगामी फागुन २० गतेदेखि सकिँदैछ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित खबर