बिहिवार, फागुन २८, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

आत्मनिर्भर बन्दै ताप्लेजुङका महिला

शुक्रवार, पौष २०, २०८०

ताप्लेजुङ, २० पुस । ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने यहाँका महिलाको भनाइ छ ।

उद्यमी बन्न चाहने महिलालाई विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँगाउँमा महिलालाई प्रोत्साहन गर्दै आएका छन् ।

हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका–१० वडाको समन्वय तथा रेड पाण्ड नेटवर्क, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुईमहिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिम बिहीबार सम्पन्न भएको छ । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको प्रमाणपत्र सिरानी बनाएर थन्क्याएर नबस्न अनुरोध गर्नुभयो । नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नगरप्रमुख मादेनले भन्नुभयो, “तालिम दियौँ । अब उद्यम सुरु गराैँ । स्थानीय सरकार सयहोग गर्न तयार छ ।” जङ्गलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नुपर्ने भन्दै उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण लिङखिमले अल्लो नामी र दामी भएकाले उद्यमका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

खेती नै नगरी अल्लो पर्याप्त उत्पादन भइरहेको भन्दै व्यवसायिक रुपमा अल्लो उत्पादन गर्नुपर्ने घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । अल्लो उत्पादन गरेर आम्दानी गर्न सक्नुपर्ने भन्दै उहाँले उद्यमीलाई महासङ्घले सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । उहाँका अनुसार महासङ्घले जिल्ला, प्रदेश र सङ्घसम्म आयोजना हुने कार्यक्रममा जिल्लाको उत्पादनको बजारीकरण गर्ने गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोसाईका अनुसार सामुदायिक तथा सरकारी वन क्षेत्रमा अल्लो पाइने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न सकिने बताउनुभयो । उद्यमी मिलेर उद्योग दर्ता गरी व्यावसाय सुरु गर्न उहाँले आग्रह गर्नुभयो । सरकारी मान्यता प्राप्त गरेसँगै बजेट र तालिम दिन सहज हुने उहाँको भनाइ थियो । “अल्लोको गुणस्तरीय कपडा उत्पादन गर्न सके बजार अभाव छैन”, उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद शाहका अनुसार वनमा पाइने अल्लो सङ्कलन गर्न सके राज्य र उद्यमीलाई लाभ पुग्छ । उहाँले भन्नुभयो, “कानुनबमोजिम अल्लो सङ्कलन गर्न सक्छाँै । सहकार्य गर्न तयार छौँ ।”

सिकेको सीप व्यवहारमा लागू गर्न हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले तालिममा सहभागीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सीप सिक्न मरिहत्ते गर्छौं । व्यवहारमा लागू गर्न चुक्छौँ । आशा छ, अब त्यो हुन्न ।”

तालिममा सहभागीमध्ये चन्द्रकुमारी लिम्बूले भन्नुभयो, “धागो काट्न र बुन्न हामी सक्षम छौँ । भविष्यमा गुणस्तरीय मेसिन पाउने आशा गरेका छौँ ।” सहभागीले अल्लोमा बुटिक भर्ने, लोगो लगाउने र नाम लेख्ने किसिमको तालिम आश गरेका छन् । लिम्बूले थप्नुभयो, “हामीमा धेरै लगानी छ । मेसिनमा उत्तिकै लगानी छ । त्यही भएर मेसिनको अपेक्षा गरेका छौँ ।” प्रशिक्षक आशा आङवुहाङ लिम्बूले आफूले जानेजत्तिकै सीप सहभागीलाई सिकाइएको बताउनुभयो । तालिमसँगै अब बजारीकरणका लागि सहयोग हुनुपर्ने खाँचो औँल्याइएको छ ।

संरक्षण मञ्चका कार्यकारी निर्देशक रमेश राईले तालिममा सहभागीलाई आगामी वर्ष तालिमका साथै मेसिन उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार अल्लोको नर्सरी तयार गर्ने, तान बनाउने तथा वितरण गर्ने र बजार व्यवस्थापनलगायत कार्यक्रम छ । जिल्लाका अन्य स्थानीय तहबाट पनि तालिमको माग आइरहेकाले यसलाई निरन्तरता दिइने राईले बताउनुभयो । उहाँका अनुसार झोला, टोपी, गलबन्दी, रुमाल र विभिन्न सामग्री उत्पादन गर्ने संस्थाले योजना बनाएको छ ।

कार्यक्रमका अध्यक्ष तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका वडाअध्यक्ष सन्तोष लिम्बूले वडावासीले लिएको सीपअनुसारको उद्यम गर्न सहयोग गर्ने बताउनुभयो ।

फुरुम्बुमा दुईमहिने (असोज २५–पुस १९) अल्लो प्रशोधन तथा कपडा बुनाइ सीप विकास तालिम आयोजना गरिएको थियो । उक्त तालिममा १६ जनाको सहभागिता थियो । तालिममा बोइलिङ मेसिन (पकाउने भाडा), बिटिङ मेसिन (कुट्ने मेसिन), रुवा बनाउने हेकल मेसिन र चर्खा उपलब्ध गराएको छ ।

हिमाली संरक्षण मञ्चको रु १३ लाख ५६ हजार, फुङ्लिङ नगरपालिकाको रु दुई लाख र घरेलु तथा साना उद्योग कार्यालयबाट रु एक लाख ५२ हजारको लगानीमा तालिम सञ्चालन भएको मञ्चले जनाएको छ ।

सम्बन्धित खबर