आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

झापाको चारपानेमा भएको सवारी दुर्घटनामा तोयानाथ उप्रेतीको मृत्यु, घाइते २ जनाको उपचार हुँदै

शनिवार, पौष २१, २०८०

बिर्तामोड, २१ पुस । आज साँझ चारपाने चोकमा भएको सवारी दुर्घटनामा घाइतेहरुमध्ये एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कनकाई ८ का ४४ वर्षीय तोयानाथ उप्रेती रहेका छन् ।

घाइते बाह्रदशी ७ का सागर माझी र कनकाई ५ का ५९ वर्षीय रविरत्न सिटौलाको उपचार भइरहेको छ । झापा ट्राफिकका अनुसार उप्रेती र माझीलाई विर्तासिटी र सिटौलालाई विएण्डसी लगिएको थियो । ट्राफिकका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।

ट्राफिक प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । प्र –०२–००२ ख ०१४९ नम्बरको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर