सोमवार, जेठ ७, २०८१
NayaPaper | अनलाइन पत्रिका

स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक

मङ्गलवार, मंसिर २७, २०७९

एजेन्सी ।  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गाला देशलाई एक विकसित बङ्गलादेश बनाउने बताउनुभयो ।

सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भन्नुभयो– हामीले सन् २०४१ सम्ममा हाम्रो बङ्गलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ, बङ्गलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ ।

बङ्गालेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजीटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले स्मार्ट बङ्गलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिदै यी कार्यहरु सुरु गर्ने बताउनुभयो ।

उहाँले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताउनुभयो ।

सम्बन्धित खबर