Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक
मङ्गलवार, मंसिर २७, २०७९
एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सन् २०४१ सम्ममा स्मार्ट बङ्गलादेश निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री हसिनाले बङ्गलादेशले आगामी सन् २०४१ सम्ममा बङ्गाला देशलाई एक विकसित बङ्गलादेश बनाउने बताउनुभयो ।
सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भन्नुभयो– हामीले सन् २०४१ सम्ममा हाम्रो बङ्गलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ, बङ्गलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ समाचार समितिले जनाएको छ ।
बङ्गालेशको राजधानी ढाकामा सोमबार आयोजना गरिएको ‘डिजीटल बंगलादेश दिवस २०२२’ समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । त्यस अवसरमा उहाँले स्मार्ट बङ्गलादेश निर्माणका लागि स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाज पनि आवश्यक रहेकोमा जोड दिदै यी कार्यहरु सुरु गर्ने बताउनुभयो ।
उहाँले हरेक नागरिकले कुनै न कुनै सिप सिक्नुपर्ने र दक्ष बन्नुपर्ने भन्दै यहाँका हरेक नागरिकले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सूचनामा आधारित समाजको निर्माणमा जोड दिँदै यहाँका अर्थतन्त्र पनि सूचना प्रविधिमा आधारित रहेर विकास गरिने बताउनुभयो ।