आइतवार, चैत १, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

कांग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग

शनिवार, पौष २१, २०८०

बेलबारी (मोरङ), २१ पुस : नेपाली कांग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ । सुनसरीको इटहरीमा शनिबार सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाले प्रविधिको प्रयोगमा मूल्याङ्कन हुनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँहरूको जोड छ ।

संवादमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि, जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापतिसहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको उपस्थिति थियो ।

सङ्घीयताका सवाल, निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, नेता र जनप्रतिनिधिलाई कसरी जवाफदेही र उत्तरदायी बनाउने, नेताको चरित्रलाई कसरी लोकतान्त्रिक बनाउने, पार्टी विधानमा सुधार परिमार्जन र संशोधन गर्नुपर्ने विषय, विधानमा समेट्नुपर्ने वैकल्पिक अवधारणासम्बन्धी विषयमा समूहगत छलफल भएको थियो ।

सहभागीबाट आएका महत्त्वपूर्ण सुझावलाई महासमिति बैठकमा उठाउनुपर्ने कार्यक्रमका सभापति एवं सुनसरी जिल्ला सभापति केदार भण्डारीले बताउनुभयो । समूहगत छलफलबाट आएका सुझावलाई आगामी फागुन ७ गते हुने महासमिति बैठकमा प्रस्तावका रूपमा लगिने सहभागी कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझाले बताउनुभयो ।

“आठ तहको साङ्गठनिक संरचना भद्दा भएकाले यसलाई चुस्त र छरितो बनाउन अनावश्यक साङ्गठनिक संरचना विधान संशोधनमार्फत हटाउनुपर्ने भन्दै उपसभापति ओझाले वडा, प्रदेश र सङ्घको टिकट वितरणमा माथिल्लो समितिको निर्णायक भूमिकालाई अन्त्य गर्दै जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा रहेका सक्रिय सदस्यको बहुमतबाट अनुमोदन गर्नुपर्ने अनिवार्य व्यवस्था हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी आम मानिसको चाहना युवा नेतृत्व रहेकाले अबको पार्टी नेतृत्व युवा पिँढीलाई हस्तान्तरण गर्नुपर्नेतर्फ लाग्नुपर्ने महासमिति सदस्य उमा शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो, “भावी नेतृत्वको विषयमा छलफल हुँदा आमनागरिक कार्यकर्ताको मन जित्दै परिवर्तनलाई स्वीकार गरी अघि बढ्नसक्ने भावी नेतृत्वको विषयमा महासमिति बैठकमा छलफल हुनुपर्छ ।” त्यसैगरी इलाम रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले पार्टी नेतृत्व चिन्तित हुनुपर्ने र जनतासँग पार्टी नेतृत्व पुग्नुपर्ने बताउनुभयो ।

सम्बन्धित खबर