मङ्गलवार, साउन १२, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

कृषिउपजले बजार नपाउँदा इलामका किसान समस्यामा

सोमवार, पौष २३, २०८०

इलाम, २३ पुस : बजार अभावले कृषि क्षेत्र सङ्कटमा पुगेको जनाउँदै इलामका किसानले गुनासो गरेका छन् । उनीहरुले दूध, अर्थोडक्स चियालगायत उत्पादित उपजको खस्किँदो बजार, पशु तथा बालीनालीमा लाग्ने रोगका कारण समस्यामा पर्दै गएको बताएका हुन् । प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्दै आउनुभएका सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराइले पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा चिन्तित हुन थालेको बताउनुभयो ।

उत्पादित कृषिउपजले बजार नपाउँदा किसानले हातमुख जोड्न समस्या भएको बताएपछि किसानसम्बद्ध सङ्घसंस्थाले स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । किसानलाई प्रोत्साहन कम भएको जनाउँदै सूर्याेदय उद्योग वाणिज्य सङ्घ, नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घ, एलाइन्स फर एग्रो इन्टरप्रेसनर्स र हिमालयन चिज उत्पादक सङ्घले सूर्योदय नगरप्रमुख रणबहादुर राईलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सूर्योदय नगरमा दिनहुँ उत्पादन हुने करिब ६० हजार लिटर दूधको बिक्री र मूल्य भुक्तानीको व्यवस्था सहज गर्न, हाल ‘स्टक’ रहेको ३७ हजार किलो घ्यू र ४८ हजार किलो छुर्पी र ९३ हजार किलो चिज (इलाम जिल्ला भरको) बिक्रीका लागि व्यवस्था गर्न माग गरिएको नगरस्थित राष्ट्रिय कृषक समूह महासङ्घका सचिव मदन पौड्यालले बताउनुभएको छ ।
इलाम कृषि तथा पशुपालन उद्योगबाटै ख्याति कमाएको जिल्ला भए पनि जीवनयापनको आधार सङ्कटग्रस्त भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । भारतबाट आयात हुने दुग्ध पदार्थभन्दा सस्तोमा यहाँको दुग्ध परिकार उत्पादन गर्ने वातावरण बनाउन, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरेको अवस्थामा त्यसलाई तीव्र गतिमा अघि बढाउन पनि माग राखिएको हिमालयन चिज उत्पादक सङ्घ सूर्योदयका सचिव तोयानाथ महतले बताउनुभयो । उहाँका अनुसार, लम्पीस्किन रोगको खोप कार्डबिना किसानले गाईको बीमासमेत नगर्ने भएकाले पशु बिमा सहज बनाउन आवश्यक समन्वय गरिदिन र खोरेतमुक्त क्षेत्र निर्माणका लागि आवश्यक पहल गर्न माग गरिएको छ ।

“कृषकले थालेको दूध र दुग्ध व्यवसाय करिब एक वर्षदेखि बजारमा आएको उत्तारचढावका कारण अप्ठ्यारामा छ । खेतबारी मासेर लगाएको चियाको हरियोपत्तीको मूल्य महिनौँदेखि कृषकले पाएका छैनन्”, सूर्याेदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले भन्नुभयो, “जिल्लाभर अलैँचीको ७५ प्रतिशत बगान मासिएको छ । अब किसानको बाँच्ने जग कमजोर बन्दै गएको छ ।”

उनीहरूले स्थानीय सरकारमार्फत् तीनै तहका सरकारले समस्या समाधानका लागि तत्काल पहल थाल्न ध्यानाकर्षण गरेका हुन् । सूर्योदय–११ का गोपाल भट्टराइले प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्नुहुन्छ । ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहनुभएका उहाँले स्थानीय सुप्रभात डेरी उद्योगलाई दुग्ध बिक्री गर्नुहुुन्छ । तर, पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू छुर्पी देख्दा उहाँको मनमा चिसो पस्न थालेको छ । “हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ”, उहाँ भन्नुहुन्छ, “दूध बिकेन भने किसानले हातमुख कसरी जोड्ने ? घरघरमा अभाव छिर्ने खतरा बढ्यो ।”

दुग्ध पदार्थ बिक्री नहुँदा इलामका कृषकलाई ‘मिल्क होलिडे’ सुरु हुने त्रास बढेको छ । घ्यू र छुर्पी बिक्री नभएपछि विराटनगर दुग्ध वितरण आयोजनाले मात्र होइन निजी क्षेत्रका डेरीले किसानको दूधको भुक्तानी दिन सकेका छैनन् । यसका कारण कृषक अप्ठ्यारोमा परेका छन् । “यसअघि गुणस्तरको आधारमा प्रतिलिटर रु ७० सम्म दूधको मूल्य पाएका किसानले अहिले ४०–५० मा चित्त बुझाउनुपरेको छ ।” सूर्योदय –१ मकरजुङका किसान जीवन पोखरेल भन्नुहुन्छ, “न समयमा पेमेन्ड हुन्छ, सबै उद्योगमा सामान स्टक देखिन्छ । यो पाराले त मिल्क हालिडे होलाजस्तो भइसक्यो”, इलाममा दुग्ध विकास संस्थान (डिडिसी)र निजी दुग्ध उद्योगका लागि ७८ हजार लिटर दुग्ध दैनिक उत्पादन गर्ने करिब चार हजार परिवार कृषकको यस्तै ब्यथा छ ।

सूर्योदयका दुग्ध व्यवसायी अमृत पाण्डेले घ्यू छुर्पी बिक्री नभएपछि निजी डेरीले दूधको मूल्य घटाउन बाध्य हुनुपरेको बताउनुभयो । सन्राइज डेरी उद्योगमा दैनिक दुग्ध सङ्कलन गर्दै आउनुभएका पाण्डेसँग हाल घ्यू छुर्पी स्टक रहेको छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म ऋण लिएर पनि किसानको भक्तानी समयमा गरिरहेको थिएँ तर, अब अवस्था जटिल भइसक्यो ।”

आयोजनाले पनि घ्यू, पाउडर दूधको बिक्री सहज नभएसम्म किसानको दूधको मूल्य भुक्तानी सहज नहुने जनाएको छ । विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले अहिले घ्यू र पाउडर गरेर एक सय ३३ टन दुग्ध पदार्थ स्टकमा रहेको जानकारी दिनुभयो । “भण्डारण कक्ष कुनै खाली छैनन्”, उहाँले भन्नुभयो, “बिक्री ठप्प भएपछि आयोजनालाई दैनिक सङ्कलन हुने दुग्ध व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ ।”

पशुलाई दाना खुवाउन पनि ऋण काँड्नुपर्ने अवस्था आएको गुनासो पोख्दै कृषक राजन भट्टराईले निजी डेरीले दूध लिनै छोड्छन् की भन्ने डर सुरु भएको बताउनुभयो । उहाँलाई आयोजनाले दूध थेग्न नसकेपछि मिल्क होलिडे सुरु हुने आशङ्का छ । सूर्योदय नगरपालिका–१२ का अर्का कृषक भूपेन्द्र गड्तौला आयोजनाले कृषकको दूध खरिद गर्दिन भन्न नमिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “डिडिसी सरकारको निकाय हो, उसले किसानको दूध अस्विकार गर्न मिल्दैन ।”

आयोजना प्रमुख चौधरीले क्षमताले धान्न नसक्ने अवस्था आउन लागेको बताउनुभयो । “आयोजनालाई छोडेर निजी डेरीसँग कारोबार गर्न थालेका दुग्ध कारोबार गर्ने सहकारीले आयोजनामै दूध पठाउन थालेपछि आयाजनाको क्षमताले थाम्न मुस्किल भएको छ ।” उहाँले भन्नुभयो । गत जेठ महिनादेखि आयोजनामा दूध बिक्रीको चाप बढ्न थालेको हो ।

दुग्ध पदार्थ बिक्री नभएपछि आयोजनाले कृषकलाई पुस महिनादेखिको दूधको रु ३० करोड भुक्तानी दिन नसकेको चौधरीले स्वीकार गर्नुभयो । उहाँका अनुसार, आयोजनाले इलाम, झापा, धनकुटा, तेह्रथुम र विराटनगरका स्थानीय कृषकबाट दैनिक २२ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ भने अन्य आयोजनाबाट १५ हजार लिटर खरिद गरेर दैनिक ३७ हजार लिटर दूध जम्मा गर्ने गरेको छ । जम्मा भएको दूधमध्ये दैनिक पाँच हजार लिटर स्थानीय बजारमा खपत भए पनि अरू प्रशोधन गरेर घ्यू र पाउडर दूध बनाउने गरिएको छ ।

आयोजनाले इलामबाट दैनिक आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्रथुमबाट दुई हजार लिटर, आयोजना आसपासका कृषकबाट एक हजार लिटर र अन्य आयोजनाबाट १५ हजार लिटर दूध खरिद गर्दै आएको छ । विसं २०३० देखि दुग्ध सङ्कलन गर्दै आएको छ । पाँच बिघा क्षेत्रमा फैलिएको आयोजनाको दुग्ध स्टोर गर्ने क्षमता एक लाख लिटर छ भने प्रतिघण्टा पाँच हजार लिटर प्रशोधन गर्न सक्छ ।

विराटनगर आयोजनाले इलामको शान्ति डाँडा, पूवाखोला, बिब्ल्याटे, लक्ष्मीपुर, तीनघरे, फिक्कल, कुटी डाँडा, झापाको गरामनी, धनकुटाको हिले र चित्रेमा चिलिङ सेन्टर स्थापना गरेर कृषकको दुग्ध सङ्कलन गर्दै आए पनि दुग्ध सहकारीले आयोजनालाई दुग्ध दिन बन्द गरेपछि पुवाखोला, लक्ष्मीपुर, कुटी डाँडाको चिलिङ सेन्टर बन्द गरेको छ ।

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ । निजी डेरीमा मात्रै एक हजारभन्दा बढी कृषकले दुग्ध बिक्री गर्दै आएका छन् । इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुग्ध सङ्कलन गर्ने आएका छन् । स्थानीय बजार क्षेत्रमा दैनिक पाँच हजार लिटर दुग्ध बिक्री हुने गरेको छ । छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेको छ । ललिपप, बम्बैसनजस्ता मिठाई बनाउने उद्योगले तीन हजार लिटर र भारतका बजारमा तीन हजार लिटर दुग्ध बिक्री हुने गरेको दुग्ध व्यवसायमा संलग्न व्यवसायी बताउँछन् । इलाममा १८ चिज कारखाना, एक सय ५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । गाईपालनमा किसानको लगानी भए पनि अनिश्चित बजार र सरकारको बेवास्थाको कारण दुग्ध व्यवसाय सङ्कटमा पर्दै गएको राष्ट्रिय कृषक समूह महासङ्घ इलाम अध्यक्ष विष्णु दुलालले बताउनुभयो ।

सम्बन्धित खबर