Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी
मङ्गलवार, मंसिर २७, २०७९
एजेन्सी । चीनले अमेरिकालाई हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ ।
मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैर जिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसको चेतावनी छ । हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैर जिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयले आइतबार जिमी लाइको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ ।
कानूनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको स्पष्ट गर्दै हङकङ अदालतले जिमीविरुद्धको मुद्दामा गरेको सुनुवाइ पूर्णतया वैधानिक एवम् पारदर्शी रहेको मन्त्रालयको भनाई छ ।
निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संक्षरणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी उसको छ । साथै मन्त्रालयले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आह्वान पनि गरेका छन् ।