आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

जङ्गली हात्तीको उपद्रो, कचनकवलमा २ वटा घर भत्कायो

मङ्गलवार, पौष २४, २०८०

कचनकवल,२४ पुस : दक्षिणी झापाको कचनकवलमा जङ्गली हात्तीले दुई वटा घर भत्काएको छ । हात्तीले गएराति कचनकवल गाउँपालिका- ३ स्थित पाठामारी निवासी विष्णु गुरुङको दुई वटा घरमा क्षति पुर्‍याएको छ । जङ्गलबाट निस्किएका हात्ती आहारको खोजी गर्दै उनको घरमा आएको स्थानीयले बताए । भत्काएको घरमा धान भण्डारण गरी राखिएको थियो ।

घर भत्काएपछि पीडित गुरुङ यस्तो जाडो मौसममा रातभरि जाग्राम बस्नु परेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । घटना पश्चात् प्रहरी टोली आज बिहान क्षतिको विवरण सङ्कलन गर्न पुगेका थिए । हात्तीका कारण कचनकवलबासी पनि आतङ्कित बनेका छन् ।

सम्बन्धित खबर