बुधवार, साउन १३, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Türk oyuncular rulet masalarında genellikle düşük riskli bahisleri tercih eder, bettilt giriş bu tercihlere uygun seçenekler sunar.

Yeni özellikleriyle dikkat çeken bettilt giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcılarına 7/24 destek sağlayan paribahis giriş profesyonel müşteri hizmetleriyle fark yaratır.

Dijital dünyada eğlenceyi artırmak için bettilt kategorileri öne çıkıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.

पाँचथरका पदमबहादुर तालिम लिएपछि उद्यमी

मङ्गलवार, पौष २४, २०८०

पाँचथर, २४ पुस : पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुनुहुन्छ, पदमबहादुर खपाङ्गी । सधैँ विदेशी भूमिमा पसिना बगाएर मात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उहाँ आफ्नै गाउँघरमा केही व्यवसाय गर्ने सोच लिएर घर फर्किनुभएको थियो । त्यतिबेला फालेलुङ भएर नेपाल र सिक्किमसँगको सिमानामा पर्ने तीन सिमाना भञ्ज्याङ जाने पर्यटकीय मार्ग पनि कालोपत्रे हुँदै गरेको थियो ।

तीन सिमानामा हरेक वर्ष चौंरी महोत्सव गाउँपालिकाले आयोजना गर्ने गरेको थियो । महोत्सव हेर्न छिमेकी जिल्ला र सिक्किमबाट समेत पर्यटक आउने गर्दथे । महोत्सवको प्रचारसँगै बर्सेनि पर्यटकको सङ्ख्या पनि बढिरहेको थियो । यस भञ्ज्याङबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल र कञ्चनजङ्घा हिमशृङखलाको साथै चौँरी गाईको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यो स्थान पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पदमबहादुर विदेशमा रहँदा उहाँकी श्रीमती डिनाले गाउँमै सानो किराना पसल सञ्चालन गर्नुभएको थियो । यसले घरखर्च चलाउन सहजिलो भएको थियो । डिनाले किराना पसलसँगै सदरमुकामबाट पाउरोटी खरिद गरी बेच्ने पनि गर्नुहुन्थ्यो । सदरमुकामबाट पाउरोटी ल्याई बिक्री गर्दा ल्याएको समयमा सबै पाउरोटी बिक्री भई नसक्दा मिति सकिने र ५० किलोमिटर टाढा भएकाले फिर्ता पनि नहुने समस्या थियो । यसले कहिलेकाहीँ उल्टै नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्थ्यो ।

घर फर्केपछि श्रीमतीले सुरु गरेको किसाना पसलले मात्रै ४० वर्षका पदमबहादुरलाई चित्त बुझेन । कुनै व्यवसाय गर्ने विचार उहाँको मनमा पलायो । मनमनै उनले पाउरोटी उद्योग सञ्चालन गर्ने सोच बनाए पनि सीपको अभावमा अलमलमा पर्नुभएको थियो । यतिकैमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलले बेकरीसम्बन्धी छदिने सीप विकास तालिम आयोजना गरेको खबर स्थानीय बुद्धिजीवी सुरेन्द्र अधिकारीबाट थाहा पाउनुभयो । यस कार्यक्रमले गत वर्षको माघ १५ देखि २० गतेसम्म सदरमुकाम फुङ्लिङमा सञ्चालन गरेको तालिममा सहभागी हुनुभयो ।

तालिमले उहाँलाई बेकरी उद्योग स्थापना गर्न प्रेरणा मिल्यो । उहाँको योजनालाई श्रीमतीले पनि समर्थन गरेपछि उहाँले बेकरी बनाउन आवश्यक मेसिन तथा औजार खरिदको लागि पैसा जोहो गर्नुभयो । आफूसँग भएको पैसाले मात्र नपुग्ने भएपछि उहाँले श्रीमतीका नाममा फालेलुङ गाउँपालिकामा रहेको छिमेक लघुवित्तबाट रु तीन लाख २० हजार ऋण निकाल्नुभयो। तालिम सहजकर्ता ज्ञानबहादुर भारतीको सल्लाहअनुसार काठमाडौँ गई करिब रु छ लाख ५० हजारको लगानीमा मध्यम खालको मेसिन र अन्य आवश्यक सामान लिएर गाउँ फर्किनुभयो ।

मेसिन ल्याएपछि गाउँपालिका, जिल्ला घरेलु कार्यालय पाँचथर र आन्तरीक राजश्व कार्यालय पाँचथरमा नेपाल सरकारको नियमानुसार गत वैशाखमा पाउरोटी उद्योग दर्ता गरी सञ्चालन गर्नुभयो । तालिम लिएपछि तीन महिना त दर्ता प्रक्रियादेखि सामान खरिद गर्नमा नै समय बित्यो । उहाँको उद्योगमा वर्षायामको समयमा दैनिक औसतमा ३५ केजी बराबरको मैदाको पीठोको पाउरोटीका विभिन्न सामग्री उत्पादन हुने गर्दथ्यो । हिउँदमा भने पाउरोटीको माग घटेका कारण दैनिक २० केजी बराबरको मैदाको पीठोबाट उहाँले सामग्री उत्पादन गर्दै आउनुभएको छ । सदरमुकामबाट ल्याएको बासी पाउरोटी खान बाध्य स्थानीय उपभोक्ता र पर्यटकहरु गाउँमै बनेको ताजा पाउरोटी पाउँदा निकै खुसी छन् । उहाँ खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पनि दर्ता गरी गुणस्तरीय उत्पादनको सुनिश्चित गराउने सोचमा हुनुहुन्छ ।

गाउँमा केन्द्रीय प्रसारण नभए पनि उद्योग सञ्चालन गर्न आवश्यक विद्युत् पनि स्थानीय लघुजलविद्युत् आयोजनाबाट प्राप्त भएको छ । स्थानीय खेवाथाम खोलाबाट उत्पादित लघुजलविद्युत् (४० किलोवाट क्षमता) आयोजनाको बिजुली प्रयोग गरेबापत आफूले आयोजनालाई पनि मासिक रु तीन हजारसम्म विद्युत् महसुल बुझाउने गरेको उहाँको भनाइ छ । उद्योग सञ्चालन गर्न खपाङ्गी दम्पतीले पूरै समय दिनुभएको छभने आवश्यकताअनुसार पदमबहादुरले आफ्नो भाइहरुलाई पनि दैनिक ज्यालादारीमा बोलाउने गर्नुहुन्छ । स्थानीय माध्यमिक र आधारभूत विद्यालयको वरिपरि रहेका पसलबाट हरेक दिन पाउरोटीलगायत अन्य सामग्रीहरुको माग हुने भएकाले बिहान समयमा पसलपसलमा पुर्याउन एकजना ज्यालादारी कामदार पनि राख्नुभएको छ ।

उत्पादन गरेको सबै सामग्री बिक्री भएको देख्दा उहाँ आफ्नो व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ । बजार माग धान्नै नसकिने गरी बढेको छ भने स्थानीय उपभोक्ताहरु पनि ताजा र गुणस्तरीय पाउरोटी स्थानीय स्तरमै पाएर दङ्ग छन् । व्यवसाय बढेसँगै व्यवसाय र लेखा व्यवस्थापन गर्न आफूलाई थप सीपको आवश्यकता भएको उहाँ बताउनुहुन्छ । लेखा व्यवस्थापनको अभावमा यति नै नाफा भयो भनी बताउन नसके पनि छिमेक लघुवित्तको मासिक किस्ता २४ हजार तिरी लगभग रु ३० हजार नाफा भएको छ । व्यवसायलाई अझै बढाउँदै लैजाने सोचमा रहनुभएका पदमबहादुर गाउँपालिकासँग पनि उद्योग व्यवसाय प्रवद्र्धनमा थप सहयोगको अपेक्षा राख्नुहुन्छ ।

हिउँदको समयमा अपेक्षित रुपमा पाउरोटी खपत हुन नसकेपछि खपाङ्गीको परिवारलाई व्यवसाय चलाउन हम्मे परिरहेको छ । गाउँमा सुरु भएको व्यवसाय निरन्तर चलाउन गाउँपालिकासँग उहाँले सहयोगको अपेक्षा राख्नुभएको छ । गाउँपालिकाबाट सहयोगका लागि केही सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षाले उहाँले सबै कागजात मिलाएर गाउँपालिकामा गत मङ्सिरमा निवेदन दिनुभएको छ । यस वर्ष सहयोगको कार्यक्रम नभएकाले अर्को वर्ष सहयोग उपलब्ध गराउने बचन उहाँले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट पाउनुभएको छ ।

सम्बन्धित खबर