शनिवार, फागुन ३०, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

सभामुखसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

मङ्गलवार, पौष २४, २०८०

काठमाडौँ, २४ पुस : सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज शिष्टाचार भेट भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र संसदीय अनुभव आदानप्रदानलगायतका विषयमा छलफल भएको थियो ।

संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वासः सभामुख

भेटमा सभामुख घिमिरेले नेपाल र आयरल्याण्डबीचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । युरोपेली सङ्घको एक महत्वपूर्ण सदस्यको हैसियतमा आयरल्याण्डले युरोपेली सङ्घमार्फत नेपालको विकास प्रयासलाई थप सहयोगको अपेक्षा रहेकोसमेत सभामुख घिमिरेले उल्लेख गर्नुभएको थियो ।

सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् दुई देशबीच मैत्रीपूर्ण एवं सौहाद्र्धपूर्ण सम्बन्ध रहिआएको भन्दै सभामुख घिमिरेले संसदीय लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धता भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “आयरल्यान्डको संसद्मा आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठन भएकोमा हामीलाई खुसी लागेको छ । हालै नेपालमा पनि नेपाल–आयरल्याण्ड संसदीयमैत्री समूह गठन भएको छ ।”

दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन नेपालको संसद् र सांसदको महत्वपूर्ण भूमिका रहने आफ्नो बुझाइ रहेको उल्लेख गर्दै सभामुख घिमिरेले थप्नुभयो, “संसदीय प्रतिनिधिमण्डलको आदान-प्रदानबाट एक अर्काको संसदीय अभ्यास र अनुभव बुझ्ने अवसर उपलब्ध हुने र यसबाट संसदीय लोकतन्त्रलाई सुदृढ बनाउँदै हाम्रा नागरिकको अधिकार सुनिश्चित गर्न सघाउ पुग्ने कुरामा म विश्वस्त छु ।”

सभामुख घिमिरेको गत वर्षको आयरल्याण्ड भ्रमणमा दुई देशबीच संसदीय आदानप्रदान घनिभूत बनाउने एवं संसदीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल भएको थियो । आयरल्याण्डका राष्ट्रपति तथा मन्त्रीलगायतका विशिष्ट व्यक्तित्वसँगको भेटका अवसरमा नेपाल–आयरल्याण्ड सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । ती छलफलका निष्कर्षलाई मूर्तरूप दिनेतर्फ प्रयासहरू अघि बढ्नुपर्ने सभामुख घिमिरेको धारणा रहेको छ ।

नेपालले शान्ति स्थापनामा गरेको प्रयास उदाहरणीय : अध्यक्ष बट्टिमर

सभामुख देवराज घिमिरेसँगको भेटमा आयरल्याण्डका माथिल्लोसभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरले नेपालले शान्ति क्षेत्रमा गरेको प्रयास विश्वमा उदाहरणीय भएको बताउनुभएको थियो ।

अध्यक्ष बट्टिमरले सभामुख घिमिरेले आयरल्याण्ड भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदानप्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिले काम गरिरहेको जानकारी गराउनुभयो । साथै दुवै मुलुकमा संसदीयमैत्री समूह निर्माण भएको हुँदा तिनले संसदीय आदानप्रदानका लागि सहयोग गर्ने अपेक्षा लिएको उहाँको भनाइ थियो ।

अध्यक्ष बट्टिमरले नेपालले मानवअधिकार र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका क्षेत्रमा गरेका प्रगति विश्वकै लागि उदाहरणीय भएको समेत बताउनुभयो ।

सम्बन्धित खबर