Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेलमा छुट्टै बल प्रयोग गरिँदै
मङ्गलवार, मंसिर २७, २०७९
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल परिवर्तन हुने भएको छ ।
समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग हुने छैन । सेमिफाइनल र फाइनल खेलमा फिफाले ‘अल हिल्म’ नामक बल प्रयोग गर्ने भएको छ । फिफा र एडिडास कम्पनीले आइतबार सो बल सार्वजनिक गरेका छन् ।
‘अल हिल्म’ अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि ‘अल रिहला’ बलमा जस्तै यस बलमा पनि ‘कनेक्टेड बल टेक्नोलोजी ’को प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मद्दत पुगेको एडिडासले जनाएको छ ।
यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरुभूमिको प्रारूप दिन्छ । यस्तै, फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ । यसपटक ‘अल रिहला’ को प्रयोगमार्फत ‘अर्ध स्वचालित अफसाइड प्रविधि’ को नयाँ प्रयोग पनि गरिएको थियो । यसले बललाई आधुनिक प्रणालीसँग जोडेको छ ।