बिहिवार, असोज ३, २०८१
NayaPaper | अनलाइन पत्रिका

विश्वकप फुटबलको सेमिफाइनल र फाइनल खेलमा छुट्टै बल प्रयोग गरिँदै

मङ्गलवार, मंसिर २७, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल परिवर्तन हुने भएको छ ।

समुह चरणदेखि प्रयोग हुँदै आएको ‘अल रिहला’ नामको बल अब सेमिफाइनल र फाइनल खेलमा प्रयोग हुने छैन । सेमिफाइनल र फाइनल खेलमा फिफाले ‘अल हिल्म’ नामक बल प्रयोग गर्ने भएको छ । फिफा र एडिडास कम्पनीले आइतबार सो बल सार्वजनिक गरेका छन् ।

‘अल हिल्म’ अरबी शब्द हो र यसको अर्थ ‘सपना’ हुन्छ । यसअघि प्रयोग भएको बल ‘अल रिहला’ को अर्थ भने ‘यात्रा’ रहेको थियो । यसअघि ‘अल रिहला’ बलमा जस्तै यस बलमा पनि ‘कनेक्टेड बल टेक्नोलोजी ’को प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मद्दत पुगेको एडिडासले जनाएको छ ।

यस बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको त्रिकोणात्मक आकारले दोहा र वरपरको मरुभूमिको प्रारूप दिन्छ । यस्तै, फिफा विश्वकपको रंग र कतारको झण्डाको स्वरूप पनि प्रयोग गरिएको छ । यसपटक ‘अल रिहला’ को प्रयोगमार्फत ‘अर्ध स्वचालित अफसाइड प्रविधि’ को नयाँ प्रयोग पनि गरिएको थियो । यसले बललाई आधुनिक प्रणालीसँग जोडेको छ ।

सम्बन्धित खबर