सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

प्रकाश शिवाकोटीले दिएको अभिव्यक्ति प्रति प्रेस चौतारीद्वारा भर्त्सना

बुधवार, पौष २५, २०८०

विर्तामोड, २५ पुस : प्रेस चौतारी झापाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले दिएको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ ।
आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै चौतारीले संगठनका उपध्यक्ष प्रदीप परियारविरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा र भत्सर्ना गरेको हो ।

संगठनका झापा जिल्ला अध्यक्ष मनकुमार गदाल र सचिव प्रकाश पौडेलले जारी गरेको विज्ञप्तिमा गत शनिवार बिर्तामोड–५ मा रहेको गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभामा उपाध्यक्ष परियारमाथि अपमानजनक शव्द प्रयोग गर्दै सार्वजनिक कार्यक्रममा मानहानी हुने गरी अभिव्यक्ति दिएको बताइएको छ । उक्त अभिव्यक्ति दिने वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीप्रति संगठनले खेद व्यक्त गरेको छ ।
शिवाकोटीले केटाहरु लगाएर कुटपिट समेत गराइदिने जस्ता अभिव्यक्ति दिएको भन्दै चौतारीले विज्ञप्तिमा भनेको छ, ‘यसपछि हुने कुनै पनि घटनाको जिम्मेवार स्वयम् वाणिज्य संघका अध्यक्ष शिवाकोटी हुनुपर्ने छ ।’

यस्तो छ : विज्ञप्ति
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले दिएको अभिव्यक्तिप्रति प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रेस चौतारी नेपाल झापाका उपाध्यक्ष एवम् इजलास दैनिकका सम्पादक प्रदीप परियारका विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछौ ।
बिर्तामोड–५ मा रहेको गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको पुस २१ गते शनिवार सम्पन्न वार्षिक साधारणसभामा उपाध्यक्ष परियारमाथि अमानजनक शव्द प्रयोग गर्दै सार्वजनिक कार्यक्रममा मानहानी हुने गरी अभिव्यक्ति दिने वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीप्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ ।
कार्यक्रमको प्रसंग, उद्देश्यभन्दा बाहिर गएर शिवाकोटीले दिएको अभिव्यक्ति खेदजनक छ ।
पटक–पटक विवादमा आइरहने शिवाकोटीलाई बिबादबाट आफ्नो अस्तित्व खोज्ने दुस्प्रयास नगर्न चेतावनी दिन चाहन्छौ । साथै, पुस १७ गते सोमवारका दिन बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालय परिसर बाहिर केहि पत्रकारहरुकै सामुन्ने शिवाकोटीले उपाध्यक्ष परियारलाई ‘मेरा केटाले कुनै पनि बेला कुटपिट गर्ने’ अभिव्यक्ति समेत दिएको हुँदा यसपछि हुने कुनै पनि घटनाको जिम्मेवार स्वयम् वाणिज्य संघका अध्यक्ष शिवाकोटी हुनुपर्ने हाम्रो ठहर छ ।

पत्रकार परियारमाथि शिवाकोटीको गतिविधिले असुरक्षा महसुस भएको हुँदा स्थानीय सुरक्षा निकाय, प्रशासन समेतको यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउदछौं ।
समाचारको कुनै पनि विषयमा चित्त नबुझे सम्बन्धित निकायमा जान सकिने पर्याप्त विकल्पहरु हुँदाहुँदै गुण्डा नाइके जस्तो कुटपिटमा उत्रिने धम्की दिने, सार्वजनिक कार्यक्रममा अपमानजनक अभिव्यक्ति दिनेजस्ता काम तत्काल बन्द नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार उनै शिवाकोटी हुने चेतावनी समेत दिन चाहन्छौं ।

सम्बन्धित खबर