आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

ताप्लेजुङको हाङदेवामा आगलागी : २ वटा घर जले, २३ लाख भन्दा बढीको क्षति

शुक्रवार, पौष २७, २०८०

ताप्लेजुङ, २७ पुस । ताप्लेजुङको हाङदेवामा २ वटा घरमा आगलागी हुँदा २३ लाख भन्दा बढीको क्षति भएको छ ।

हिजो बिहीबार बिहान स्थानीय प्रेम बहादुर लिम्बू र राम बहादुर लिम्बुको घरमा आगलगी हुँदा २३ लाख ८० हजार ४ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार ढुङगा माटोले बनेको फुसको छाना भएको २–२ तले घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।
आगलागीबाट नगद १ लाख ४५ हजार, १ तोला सुन, चाँदी, लत्ताकपडा, खाद्यन्न जलेर नष्ट भएका छन् । घरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

सम्बन्धित खबर