आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

राप्ति बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

शनिवार, पौष २८, २०८०

जानकी (बाँके), २८ पुस : बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उहाँका अनुसार हालसम्म चार यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचवटा एम्बुलेन्समा घाईतेलाई शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो ।

नमस्ते यातायातको भे१ख ३९१२ नम्बरको बस गए राति १० :३० बजे राप्ति नदीमा खसेको हो । प्रहरी बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर