Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
शनिवार, पौष २८, २०८०
काठमाडौँ, २८ पुस : विधान मस्यौदामाथि छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।
सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।
बैठकमा माओवादीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षासमेत हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा ‘बिफ्रिङ’ गर्ने बताइएको छ । माओवादीले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।