शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

झापाको माई मेलामा ठेकेदारको मनपरी, सम्झौता विपरित पार्किङ शुल्क उठाइयो

सोमवार, माघ १, २०८०

बिर्तामोड, ०१ माघ : झापाको माई मेलामा सम्झौता विपरित पार्किङ शुल्क लिएको भन्दै चर्को विरोध भएको छ । हरेक वर्ष पार्किङ शुल्ककै कारण माइमेला बदनाम हुने गरेको हो ।

धार्मिक मेलाको नाममा ठेकेदारले सवारीसाधनबाट मनपरी पार्किङ शुल्क असुल्ने जोखिम भएपछि कनकाई नगरपालिकाले रकम नै तोकेर सूचना आव्हान गरेको थियो ।

साइकल २० रुपैयाँ, मोटरसाइकल ५० रुपैयाँ, कार, जिप, भ्यान लगायत साना सवारीलाई १०० रुपैयाँ र ठूला सवारीसाधन बस, ट्रक बापत २०० रुपैयाँ लिने गरी दररेट सूचना उल्लेख छ । तर मेला ठेकेदारले कनकाई धार्मिक रमाइलो माई मेला २०८० उल्लेख गरिएको रसिदमा एक सयदेखि तीन सय रुपैयाँसम्म रकम असुलेको फेला परेको छ । स्कुटर तथा मोटरसाइकल बापत रसिद नम्बर २७१२ बाट १०० रुपैयाँ र रसिद नम्बर १२२० बाट कार, भ्यान जिप लगायत साना सवारीको ३०० रुपैयाँ लिएको रसिद फेला परेको छ ।मोटरसाइकलमा तोकिएको भन्दा ५० र साना सवारीमा १०० रुपैयाँ बढी शुल्क मेला ठेकेदारले उठाएको भेटिएको छ । सूचनाको ८ नम्बर बुँदा प्रस्ट भनिएको छ कि, नगरपालिकाको उपलब्ध गराएको दररेटको अधीनमा रही रकम असुल गर्नु पर्नेछ । ठेकेदारले तोकेको भन्दा फरक रकम लिएको रसिद भेट्टाएपछि अहिले पार्किङ शुल्क बारे चौतर्फी आलोचना भइरहेको छ ।

नगरपालिकाले यस वर्ष पनि सूचना निकाल्दा कुन सवारीसाधनबाट कति रकम असुल्ने भनी रकम नै तोकेर सूचना निकालेको थियो । तर, मेला ठेकेदारले यस वर्ष पनि नगरपालिकाको नियमको धज्जी उडाउँदै आफूखुसी रकम असुलेको पाइएको छ ।नगरपालिकाले न्यूनतम १० लाख रुपैयाँ तोकेर पुस ६ गते प्रथम पटक माई मेला सञ्चालनको शिलबन्दी दरभाउ पत्र सम्बन्धी सूचना निकालेको थियो । प्रथम पटकमा ठेक्का नलागेपछि नगरपालिकाले पुस २३ गते पुनः दोस्रो पटक सूचना निकालेको थियो । त्यस सूचनामा सवारीसाधनबाट असुल्ने पार्किङ शुल्कको दररेट कायम गरिएको थियो ।

नगरपालिकाले १० लाख रुपैयाँमा नघट्ने गरी सूचना प्रकाशित गरेपनि भ्याटसहित अनुमानित २४ लाख रुपैयाँमा छाया भरत कन्स्ट्रक्सन प्रालिले मेलाको ठेक्का लिएको कनकाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिनुभयो । पालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिएमा कम्पनीलाई कारबाही गरिने उहाँले बताउनु भयो ।

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मेलामा बढी रकम असुलेको बारेमा नगरपालिकासँग जानकारी लिने बताउनु भयो ।

माघे सङ्क्रान्तिका दिन पूर्वको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा हरेक वर्ष माई मेला लाग्छ । यस वर्षपनि मेलामा भक्तजनहरूको घुइँचो लागेको थियो । सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको थियो ।

सम्बन्धित खबर