सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा प्रभावित

सोमवार, माघ १, २०८०

धरान (सुनसरी), १ माघ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेएचआईएस)का चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलनले अस्पतालको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै भएको आन्दोलनका कारण आज आकस्मिक कक्षबाहेकका ओपिडी तथा बिल काउन्टर बन्द छन् । आन्दोलनकारी प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीको कार्यकक्ष अगाडि धर्नामा बसेका छन् । उनीहरुले आइतबारदेखि अस्पतालका सेवा ठप्प पारेका थिए । अस्पतालका सेवा ठप्प भएपछि टाढाबाट उपचार गराउन आएका बिरामी समस्यामा परेका छन् ।

प्रतिष्ठानका कर्मचारीले यसअघि गत असोज र कात्तिकमा आन्दोलन गरेका थिए । करिब एक महिनाको आन्दोलन पछि गत कार्तिक २० गते भएको वार्तामा प्रतिष्ठान प्रशासन र आन्दोलनरत पक्षबीच विधि प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म बढुवाका लागि अन्तरवार्ता अघि बढाइने सहमति भएको थियो ।सहमतिअनुसार अन्तर्वार्ता प्रक्रिया सुरु नभएपछि आन्दोलनकारी पुस २४ देखि पुनःआन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले पुस २६ गते विज्ञप्ति जारी गरेर पुस २८ सम्म प्रक्रिया अघि नबढाएर पुस २९ देखि प्रतिष्ठानका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए । सोहीअनुसार सेवा ठप्प पारिएको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताउनुभयो ।

गत पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइए पनि कामु उपकुलपति प्रा डा कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन । त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा डा कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने जनाएका छन् ।

स्वास्थ्य सेवा प्रभावित नपार्न दलहरुको आग्रह

आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित बनेपछि धरानमा सक्रिय प्रमुख पाँच राजनीतिक दलले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्रभावित नपार्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस धरान नगरसभापति श्याम पोख्रेल, नेकपा (एमाले) नगर अध्यक्ष हर्कजङ एभेङ, नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष रेवती रमण राईले संयुक्त वक्तत्व जारी गरेर स्वास्थ्य र शिक्षा प्रभावित भए प्रतिष्ठान प्रशासनमा हस्तक्षेप गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

राजनीतिक दलको समन्वय र उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्न गराउन दलहरूकोतर्फबाट पहल भइरहेको हुँदा आन्दोलनलाई रचनात्मक बनाई अघि बढ्न आन्दोलनरत पक्षलाई वक्तव्यमार्फत आग्रह गरिएको छ ।

अख्तियारी फिर्ता

प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्कीले प्रतिष्ठानका रजिष्ट्रार प्रा डा सूर्यप्रसाद सङ्ग्रौलाको अख्तियारी फिर्ता गर्नुभएको छ । आइतबार रजिष्ट्रार प्राडा सङ्ग्रौलालाई पत्र पठाउँदै कामु उपकुलपति डा कार्कीले गत असार १७ गते आफू कामु उपकुलपति नियुक्ति भएपछि दिइएको सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलाप र मुद्दा मामिलासम्बन्धी कामको अख्तियारी फिर्ता लिइएको उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर