आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड ७को बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट, एक जनाको अवस्था गम्भिर

मङ्गलवार, माघ २, २०८०

बिर्तामोड, ०२ माघ :  बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेको शैच्छिक तथा खेलकूद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । उनको उपचारको लागि विएण्सी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एक जनापनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

सम्बन्धित खबर