आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

सिम्रिक सहकारीद्वारा बिर्तामोड ६ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बुधवार, माघ ३, २०८०

बिर्तामोड, ०३ माघ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले बिर्तामोड -६ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गर्दै आज सहकारीले १४० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले ज्येष्ठ नागरिकलाई जाडो बढिरहेको बेला न्यानो कम्बल वितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कम्बल वितरण गर्दै ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन समेत गराइएको छ ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, वडाध्यक्षहरु सुर्य प्रसाद कन्दङवा, अविरल कृष्ण खरेल, संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत लगायतले कम्बल वितरण गर्नुभयो ।सहकारीले यसअघि कचनकवल, बाह्रदशीमा वितरण गरेको छ ।६२ हजार सदस्य रहेको सिम्रिक सहकारीले चाँडै पाँचथर यसोकमा समेत कम्बल वितरणको तयारी गरिरहेको जनाएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको सहकारीले झापा,मोरङ,इलाम र पाँचथरसहितका जिल्लाहरुमा सेवा प्रदान गरिरहेको छ ।

सहकारी क्षेत्रले गरिव, विपन्नको परिवारमा जन्मदादेखि मृत्यूसम्म सेवा गर्ने संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । कम्बल पाउने ज्येष्ठ नागरिकहरुले कम्बल वितरण गरेकोमा संस्थालाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खबर