Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
सिम्रिक सहकारीद्वारा बिर्तामोड ६ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण
बुधवार, माघ ३, २०८०
बिर्तामोड, ०३ माघ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले बिर्तामोड -६ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
एक कार्यक्रमको आयोजना गर्दै आज सहकारीले १४० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले ज्येष्ठ नागरिकलाई जाडो बढिरहेको बेला न्यानो कम्बल वितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कम्बल वितरण गर्दै ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन समेत गराइएको छ ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, वडाध्यक्षहरु सुर्य प्रसाद कन्दङवा, अविरल कृष्ण खरेल, संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत लगायतले कम्बल वितरण गर्नुभयो ।सहकारीले यसअघि कचनकवल, बाह्रदशीमा वितरण गरेको छ ।६२ हजार सदस्य रहेको सिम्रिक सहकारीले चाँडै पाँचथर यसोकमा समेत कम्बल वितरणको तयारी गरिरहेको जनाएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको सहकारीले झापा,मोरङ,इलाम र पाँचथरसहितका जिल्लाहरुमा सेवा प्रदान गरिरहेको छ ।
सहकारी क्षेत्रले गरिव, विपन्नको परिवारमा जन्मदादेखि मृत्यूसम्म सेवा गर्ने संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । कम्बल पाउने ज्येष्ठ नागरिकहरुले कम्बल वितरण गरेकोमा संस्थालाई धन्यवाद दिएका छन् ।