शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

ढुवानी व्यवसायी निर्मल खत्रीद्वारा विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण

बिहिवार, माघ ४, २०८०

बिर्तामोड, ०४ माघ । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गर्नु भएको छ । आज विहान उहाँले बिर्तामोड–३ का दुई वटा वस्तीमा पुगेर स्वीटर वितरण गर्नु भएको हो ।
पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले ३ नं. को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गर्नुभयो। उहाँनले एक सय जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिनुभयो ।

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठसहित स्थानीय अगुवाहरुको सहभागितामा वितरण गरिएको थियो ।मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् । उहाँले आगामी दिनहरुमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताउनु भयो ।
लाभान्वितका अभिभावकहरुले पूण्य कर्म गरेकोमा खत्रीलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खबर