शुक्रवार, फागुन २९, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

माघ ६ देखि ८ गतेसम्म सिक्लेसमा सिनेमा संवादको आयोजना, सम्पुर्ण तयारी पूरा

बिहिवार, माघ ४, २०८०

पोखरा, ०४ माघ : चलचित्र पत्रकार संघ कास्कीले सिक्लेसमा ‘सिनेमा संवाद’ कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ६, ७ र ८ गते पर्यटकीय गाउँ सिक्लेसमा हुने कार्यक्रमको तयारी पूरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले जानकारी दिए ।

उनले पर्यटकीय गाउँ सिक्लेसको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा ‘सिनेमा र सरकार : हिजो, आज र भोली’, ‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ र ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव ’ विषयमा बहस गरिनेछ । कार्यक्रममा चलचित्र क्षेत्रका विद्धत व्यक्तिहरुले अन्तक्र्रिया गर्ने अध्यक्ष अधिकारीले  बताए।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भूवन केसी, अभिनेत्री गौरी मल्ल, चलचित्र निर्देशक एवम् लेखक प्रकाश सायमी, कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निर्वतमान अध्यक्ष एवम् कलाकार आकाश अधिकारी, चलचित्र निर्देशक एवम् कलाकार अनुप बराल , अभिनेत्री दिया मास्के, निर्देशक एवम् लेखक मनोज पण्डितले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी रजतपटका संचालक प्रकाश सुवेदी, पत्रकार सुरज सुवेदी र संचाकर्मी एवम् रेडियो कान्तिपूरका कार्यक्रम प्रस्तोता सन्जोग बस्याल रहने जानकारी गराइएको छ । कार्यक्रम विकास बोर्डका अध्यक्ष केसीको प्रमुख आतिथ्यतामा हुनेछ ।

अधिकारीले ‘सिनेमा र सरकार : हिजो, आज र भोलि’ विषयमा वक्ताहरु चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, कलाकार एवम् चलचित्र निर्देशक दिपाश्री निरौला, चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवम् कलाकार आकाश अधिकारीले बहस गर्ने बताए । जसमा सहजकर्ताको भूमिकामा नेपाली सिने क्षेत्रसँग सम्बन्धित रहेर लामो समय देखि संचारकर्म गर्दै आएका एपीवान् टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी रहनेछन् । उक्त सेसनमा सरकार र सिनेमाको सम्बन्ध र आगामी तयारीका विषयमा बहस हुनेछ।

‘नेपाली सिनेमाको स्वाद : कस्तो छ ? कस्तो हुनुपर्छ ?’ विषयमा वक्ताहरु चलचित्र निर्देशक एवम् कलाकार अनुप बराल, चलचित्र निर्देशक एवम् लेखक प्रकाश सायमी र लेखक- निर्देशक एवम् समीक्षक मनोज पण्डित रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा लेखक तथा चलचित्र समीक्षक सुरज सुवेदी रहनेछन् । उक्त सेसनमा नेपाली सिनेमाको कथावस्तुको विषयमा चर्चा हुनेछ ।

यस्तै ‘सिनेमा भित्र म, म भित्र सिनेमा : अनुभव’ विषयमा वक्ताहरु चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, अभिनेत्री गौरी मल्ल र अभिनेत्री दिया मास्के रहनेछन् । जसमा सहजकर्ताको भूमिकामा रेडियो कान्तिपूरका कार्यक्रम प्रस्तोता संचारकर्मी सन्जोग बस्याल रहने जानकारी गराइएको छ । उक्त सेसनमा केसी मल्ल र मास्केले आफ्नो कलाकारिता अनुभव प्रस्तुत गर्नेछन् ।

माघ ६ गते पोखराबाट सिक्लेसको यात्रा गरिने र बहस कार्यक्रम माघ ७ गते आइतबार मात्र हुने अध्यक्ष प्रभु अधिकारीले बताए । आइतबार तीनवटै सेसन सकेर सिक्लेसमा नै नेपाली चलचित्र पनि देखाइने र ८ गते मात्रै पोखरा फर्किने उनले उल्लेख गरेका छन् । कार्यक्रम मादी गाउँपालिका वडा नं. १ सिक्लेस, सिक्लेस होटल व्यवसाय समिति, सिक्लेस सामुदायिक होमस्टे व्यवस्थापन समिति, सिक्लेस युवा क्लब, सिक्लेस आमा समूहको समन्वयमा हुने जनाइएको छ ।

कार्यक्रमलाई सफल पार्न प्रोमोटेडको रुपमा गण्डकी प्रदेश सरकार, चलचित्र विकास बोर्ड, मादी गाउँपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानले साथ दिएको छ ।

कार्यक्रमको हस्पिटालिटी पार्टनरमा लेकसाइड स्थित होटल पुस्कर र शारा होटल रहेको छ । रेष्टुरेन्ट पार्टनरमा ब्यञ्जन, कलाउड नाइन, मार्फा थकाली किचेन, सरुमा चुल्हो र दमदार बिरयानी रहेको चलचित्र पत्रकार संघ कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।

उनका अनुसार टार्भल पार्टनरमा पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि पोखराले साथ दिएको छ भने वेलनेस पार्टनरमा ट्रयाङ्कुलिटी स्पा रहेको छ । पेमेन्ट पार्टनरमा इसेवाले साथ दिएको छ ।

सहयोगी संस्थाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र योजना (एक्याप) रहेको उनले बताए । एजुकेसन पार्टनरमा एक्सपर्ट एजुकेसन र एडभेन्चर पार्टनरमा बन्जीले साथ दिएको छ । इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेको छ भने मिडिया पार्टनरमा परिचय डटकम, मेरो फिल्म डटकम रहेको जनाइएको छ । कार्यक्रमलाई पब्लिक फोर के टेलिभिजन मार्फत लाइभ प्रसारण गरिनेछ । यसअघि सिनेमा संवाद घान्द्रुकमा गरिएको थियो ।

सम्बन्धित खबर