शनिवार, वैशाख १५, २०८१
NayaPaper | अनलाइन पत्रिका

गायक तथा संगीतकार योगेश वैद्यको निधन

शुक्रवार, माघ ५, २०८०

काठमाडौं,५ माघ । गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।

वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।

वैद्यका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । वैद्यको
शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबर