Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोड उद्योग वाणिज्य संघको निर्बाचनमा ४ दलको तालमेल,राप्रपासंग छलफल जारी
शुक्रवार, माघ ५, २०८०
बिर्तामोड, ५ माघ : बिर्तामोड उद्योग वाणिज्य संघको फागनु १४ गते हुने चुनावमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका उद्योगी व्यवसायी एक भएर प्रतिष्पर्धामा उत्रने भएका छन् ।
आज विर्तामोडमा दलका नेताका साथ भेला भएका उद्योगी व्यवसायीले अधिकतम सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् । कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती तथा जनता समाजवादी पार्टीबाट गौरिमान राई र अभिषेक राई रहनु भएको छ ।
कार्यदलले अरु राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने नेकपा एमालेका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा झापा २ का इञ्चार्ज एवम् प्रदेशसभा सांसद एकराज कार्कीले जानकारी दिनुभयो ।
कार्की नेपाल भेनियर उत्पादक संघको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलसँग पनि सहकार्यका लागि कुराकानी भइरहेको छ ।