सोमवार, चैत २, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बिर्तामोडमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

शुक्रवार, माघ ५, २०८०

बिर्तामोड,०५ माघ :  बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा नम्बर १ को सभाहलमा आज वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई र नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले सहभागीहरुका प्रश्नको जवाफ दिनुभयो । सहभागीहरुले विमाको औषधी अभाव, बजारमा बिना दर्ताको व्यवसाय सन्चालन, ईन्टरनेटका अव्यवस्थित तार, सडक निर्माण, मर्मत सम्भार, फोहोर व्यवस्थापन, पार्किंगको समस्या, लागुऔषध दुर्व्यसनी, निजी तथा सरकारी विद्यालय लगायत विभिन्न टोल विकास संस्थाका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले फोहोर व्यवस्थापनका लागि सबैले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गर्नु भयो । उहाँले स्रोतमै बर्गीकरण गर्न सुरु नगरेसम्म फोहोरको समस्या समाधान नहुने धारणा राख्नु भयो । नगरपालिकालाई राम्रो र सुन्दर बनाउन जनप्रतिनिधि मात्रै नभएर सबैजना लाग्नेहो भने नमुना नगरपालिकाकोरुपमा विकास गर्न सकिने बताउनु भयो ।

नगर प्रमुख प्रसाईले २०७४ सालको निर्वाचन पछि नगरको शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको बताउनु भयो । नीजि विद्यालयको तुलनामा पछि परेको सरकारी विद्यालयमा अहिले गर्वका साथ पढ्न जान, पठाउन सकिने अवस्था सृजना भएको धारणा राख्नु भयो । उहाँले आफुले समिति गठन गरेर नगरका १८ वटा सामुदायिक, ५८ वटा संस्थागत र २ वटा धार्मिक विद्यालयको अनुगमन गरी आवश्यकताको पहिचान र समाधान गर्दै यो स्थानसम्म आइपुगेको बताउनु भयो । नगर प्रमुख प्रसाईले बिर्तामोडमा सौहार्दरुपमा विकासका कामहरु भईरहेको बताउनु भयो । नगरको बजेट अनुसार सहि सदुपयोग गरेर कामहरु भइरहेको उहाँले बताउनु भयो ।यस्तै नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सरकारले गाउँपालिका र नगरपालिकामा जनसंख्याको हिसाबमा औषधी वतरण नगरी एउटै दरमा औषधी पठाउने भएकाकारण बिर्तामोडमा निशुल्क औषधीको अभाव हुने गरेको बताउनु भयो । उहाँले अभाब भएको औषधी नगरपालिकाले खरिद गर्न पाउने अधिकार समेत नभएकोले कानूनी समस्या रहेको जानकारी दिनु भयो ।

उप-प्रमुख संग्रौलाले बिर्तामोडमा १ लाख ६५ हजार भन्दा बढीको वसोवास रहेको बताउनु भएको छ । उप प्रमुख संग्रौलाले सार्वजनिक स्थानमा कुकुरलाई दिशा पिसाव गराउनेलाइ ५ हजार भन्दा बढी जरिवाना सहित कार्वाही हुने र यसका लागि टोल विकास समितिले ध्यान दिनु पर्ने बताउनु भयो । यस्तै नगरमा दर्ता, नविकरण नगरिकन सन्चालन गरेका व्यवसायीलाई कानूनी कार्वाही गरिने भन्दै सबैलाई करको दायरामा आउन सुझाव दिनुभयो । उहाँले बजारमा अखाद्य वस्तु बिक्री वितरण भइरहेको सुचनाका आधारमा अनुगमन तथा कार्वाहि समेत भइरहेको नगर उप प्रमुख संग्रौलाले जानकारी दिनु भयो ।वडाको सडक, विद्युत पोल, अव्यवस्थित ईन्टरनेटका तारलगायतका विषयमा उठेका प्रश्नमा वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र रोहित प्रसाईले जवाफ दिनु भएको थियो । यस्तै क्षिक्षाको क्षेत्रमा उठेको प्रश्नहरुको जबाफ निमित्त प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण झापा युनेस्को संघ नेपालका विजय तिम्सिनाले गर्नु भएको थियो । ५० जना भन्दा बढीको सहभागिता रहेको यस कार्यक्रममा कार्यपालिका सदस्य तथा वडासदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर