सोमवार, फागुन २५, २०८२
Nayapaper | अनलाइन पत्रिका

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

‘सुखानी’ वनभोजको लागि नयाँ गन्तव्य

शनिवार, माघ ६, २०८०

अमित खम्बु
अर्जुनधारा, ०६ माघ : तत्कालीन पञ्चायत शासनविरुद्ध आन्दोलन गर्दा मारिएका पाँच जना शहीदको घटनासँग जोडिएको झापाको अर्जुनधारा–३ र इलामको माई–४ स्थित सुखानी वनभोजको लागि नयाँ गन्तव्य भएको छ ।

स्थानीय सुखानी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत ‘पर्यापर्यटन प्रवर्द्धन कार्य योजना–२०७८’ अन्तर्गत समूहले उक्त क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि ‘सुखानी पर्यापर्यटन क्षेत्र’को रुपमा विकास गरेसँगै उक्त क्षेत्र वनभोजको लागि नयाँ गन्तव्य भएको हो ।

वनभोजको सिजन सुरु भएसँगै गत मङ्सिर पहिलो सातादेखि हालसम्म अनुमानित एक सय बढी समूह वनभोजको लागि सो क्षेत्रमा पुगेको समूहका पर्यटन उपाध्यक्ष विपिनकुमार चौहानले जानकारी दिएनुभयो । उनका अनुसार पूर्वमा झापाको मेचीनगरदेखि पश्चिममा सिराहा जिल्लाबाट विभिन्न समूहहरू वनभोजको लागि सुखानीमा पुगेका छन् ।

समूहको खण्ड नं.२ अन्तर्गत ४.९२ हेक्टर क्षेत्रफलमध्ये अनुमानित डेढ हेक्टर क्षेत्रफललाई वनभोज स्थल तोकिएको सुखानीमा यस वर्ष एकै दिन आठ वटासम्म समूह वनभोजको लागि पुगेका छन् । पाँच सय रुपैयाँ शुल्क तोकिएको सुखानीमा शनिबारको दिन पनि औसतमा ३–४ वटा समूह वनभोजको लागि पुग्ने गरेको छ ।

प्राकृतिक मनोरम दृश्यसँगै वनभोजको लागि आवश्यक खानेपानी, विद्युत्, चुल्हो, किचन सेट, शौचालय आदिका कारण वनभोजका लागि आउने पर्यटकहरू खुसी भएको पर्यटन उपाध्यक्ष चौहानको दाबी छ । हाल निर्माणाधीन अवस्थामा रहेको उक्त क्षेत्रमा आगामी दिनमा इन्टरनेटको सुविधासहित जिप लाइन, चमेना गृह, बाल उद्यान, पानीको फोहोरा, रिचार्ज पोखरी, थप शौचालय आदि निर्माण गर्ने समूहको लक्ष्य रहेको छ ।

हाल त्यस क्षेत्रमा पाँच रुख, शहीद स्मारक स्तम्भ, पाँच पोखरीमा डुङ्गा शयर, अनुमानित दुई सय मिटरभन्दा लामो सिँढीसहितको पदमार्ग, छ वटा चौतारा, दुई वटा आकाशे पुल, शौचालय, बालबालिकाहरूका लागि विभिन्न खेल सामग्री आदि रहेका छन् ।

शनिबार वनभोजका लागि त्यहाँ पुग्नुभएकी माई–४ निवासी दीपा श्रेष्ठले आफूलाई उक्त ठाउँ एकदम ठिक लागेको प्रतिक्रिया दिनुभयो । परिवार र छिमेकीहरूसँगको समूहमा पुगेकी उनले त्यस क्षेत्रमा थप सुविधाहरू विस्तार गर्न सकेको खण्डमा सुखानी उत्कृष्ट वनभोज स्थल हुने दाबी गर्नुभयो ।

त्यसैसरि सोही दिन वनभोजका लागि त्यहाँ पुग्नुभएका अर्जुनधारा–३ निवासी ७३ वर्षीय बलबहादुर घिमिरेले पनि आफूलाई रमाइलो भएको प्रतिक्रिया दिनुभयो ।

ऐतिहासिक स्थलको रुपमा रहेको सो क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वडा र स्थानीय सरकारको तर्फबाट आफूले सधैँ पहल गर्ने अर्जुनधारा–३का वडाध्यक्ष एवम् कार्यपालिका सदस्य सीताराम भट्टराईले बताउनुभयो ।

सम्बन्धित खबर