Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
निर्वाचनमा थप ढिलाइ हुनु पाकिस्तानका लागि हानिकारक : पूर्व प्रधानमन्त्री सरिफ
आइतवार, माघ ७, २०८०
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष शहबाज सरिफले आसन्न निर्वाचन स्थगित गर्नु देशकै लागि हानिकारक हुने बताउनुभएको छ ।
पाकिस्तानी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका पूर्वप्रधानमन्त्रीसमेत रहेका सरिफले अहिले चुनावमा ढिलाई गर्नु पाकिस्तान र लोकतन्त्रका लागि हानिकारक हुने बताउनुभएको छ । उहाँले पीएमएल–एनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको बताउँदै आफ्नो दल चुनाव सार्ने कुनै पनि बहानालाई अस्वीकार गर्ने बताउनुभयो ।
उहाँले १३ दलीय गठबन्धनको प्रशासनले १६ महिनाको कार्यकालमा देशलाई आर्थिक अभावबाट जोगाएको दाबी गर्नुभयो ।
शहबाजले भन्नुभयो, “यदि मे ९ को घटना नभएको भए पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खान जेलमा बस्नुपर्ने थिएन ।
गत हप्ता पीएमएल–एनका अध्यक्ष सरिफले फेब्रुअरी ८ मा हुने ‘अति महत्वपूर्ण’ आम निर्वाचनले पाकिस्तानको भाग्य निर्धारण गर्ने घोषणा गर्दै इतिहासको विश्लेषण गरेर ‘भविष्यको नक्सा’ बनाउन मानिसहरूलाई प्रोत्साहित गरेको एआरवाई न्यूजले जनाएको छ ।
एआरवाई न्यूजका अनुसार पीएमएल–एनले पार्टीका वरिष्ठ नेता नवाज सरिफ, मरियम नवाज र हम्जा शहबाजको नेतृत्वमा आफ्नो चुनावी अभियान सुरु गरिसकेको छ ।
सरिफले पूर्व प्रधान न्यायाधीश साकिब निसारलाई ‘प्यादा’ को संज्ञा दिँदै आफ्नो नेतृत्वको प्रशासन हटाउन उहाँको प्रयोग गरिएको दाबी गर्नुभयो ।