Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता
आइतवार, माघ ७, २०८०
मोरङ, ७ माघ : कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा मन्त्रालयका सचिव डा सुधा देवकोटाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको झापाको दमकमा रहेको शाखा अस्पतालका निर्देशक डा भगवान कोइराला, हाम्रो अस्पतालका डा शङ्कर अधिकारी, नोवेल शिक्षण अस्पताल विराटनगरका राजेश नेपाल, विराट मेडिकल शिक्षण अस्पताल मोरङ बूढीगङ्गाका पदम बिनाडीसँग सम्झौता आदानप्रदान गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले अब प्रदेशका कुनै पनि बालबालिका रकमको अभावमा अकाल मृत्यु हुने अवस्था नआउने बताउनुभएको छ । उहाँले बालबालिका मुलुकको भविष्यका कर्णधार भएकाले उनीहरुलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन सरकारले कुनै सम्झौता नगर्ने प्रण व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशले गरेको सम्झौताले अन्य प्रदेशमा सन्देश प्रभाव हुने विश्वास व्यक्त गर्दै निजी क्षेत्रका अस्पताल सरकारका अङ्ग भएको विचार राख्नुभयो ।