Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
Futbol derbilerine özel yüksek oranlar bettilt kısmında bulunuyor.
Rulet oynarken masa limitlerini iyi yönetmek önemlidir ve bettilt giriş limit bilgilerini açıkça gösterir.
बिर्तामोडमा आजदेखि आदिवासी महोत्सव सुरु हुँदै
मङ्गलवार, माघ ९, २०८०
बिर्तामोड, ९ माघ । झापाको बिर्तामोडमा आजदेखि दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सव सुरु हुँदैछ ।
सिटीसेन्टर, धर्मकाँटाको उत्तरपट्टि महोत्सव संचालन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा आजदेखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टलहरु निर्माण गरिएको महासंघले जनाएको छ ।
त्यस्तै खेल तमासा , बाल उद्यान ,अटोमोबाइल्स , आइटीलगायतका व्यावसायिक स्टलहरु रहेको महासंघका वीरेन मेचेले बताउनु भयो । उहाँले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहेको जानकारी दिनुभयो। महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती रहने छ । द एलिमेन्ट बेन्ड , सविन राईको बेन्ड , पूर्ण राईको बेन्ड , सपना सुमनको बेन्डसंगै कलाकारहरु शान्तिश्री परियार , ज्योति मगर ,मेलिना राई , एलिना चौहान , राजनराज शिवाकोटीलगायत आउने मेला संचालक नारायण अधिकारीले बताउनुनभयो । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको छ ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि नगरका आदिवासी जनजातिहरुले बाजागाजासहित झाँकी प्रस्तुत गर्ने महासंघका नगर अध्यक्ष राजकुमार राजवंशीले बताउनुभयो ।