शुक्रवार, वैशाख २८, २०८१
NayaPaper | अनलाइन पत्रिका

क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा ३५ प्रतिशतले घटायो

मङ्गलवार, माघ ९, २०८०

काठमाडौं, ९ माघ । क्यानडा सरकारले नयाँ विद्यार्थी भिसा घोषणा गरेको छ । यसअन्तर्गत विद्यार्थी भिसा ३५ प्रतिशतले घटाइएको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आगमनलाई रोक्न र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्ने प्रयासमा, अध्यागमन मन्त्री मार्क मिलरले आगामी दुई वर्षमा दिइने विद्यार्थी भिसाको संख्यामा सीमा तोकेको बताइएको छ।
२०२४ को लागि, संघीय सरकारले ३ लाख ६० हजार स्नातक अध्ययन अनुमतिहरू अनुमोदन गर्ने लक्ष्य राखेको छ । यो संख्या २०२३ को भन्दा ३५ प्रतिशतले घटाइएको छ ।
संघीय सरकारको यो निर्णयले नेपालसहित विभिन्न देशबाट जाने विद्यार्थीलाई ठूलो असर पार्नेछ ।
प्रत्येक क्षेत्रले विश्वविद्यालय र कलेजहरू बीच कसरी अनुमतिहरू वितरण गर्ने निर्णय गर्नेछ। यो क्याप दुई वर्षसम्म कायम रहनेछ, २०२५ मा जारी गरिएको भिसाको संख्याको पुनः मूल्याङ्कन गरिने छ ।

सम्बन्धित खबर