Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा लक्ष्मी प्रसाद सापकोटाको उम्मेदवारी रहने
मङ्गलवार, माघ ९, २०८०
झापा, ९ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ ।उम्मेदवार बन्न चाहानेहरुले चर्चा सुरु गरेका छन् ।
व्यवसायी लक्ष्मी प्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताउनु भयो ।
बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय सन्चालन गर्दै आउनु भएका सापकोटा आविस्कार विजनेस (एग्रोभेटिनरी) का सन्चालक हुनुहुन्छ । व्यवसायी सापकोटाले आफुले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेपनि अर्जुन कुमार मैनाली नेतृत्वको ' स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताउनु भयो ।
सापकोटा २०६० सालमा उद्योग वाणिज्य संघ पशुपतिनगर इलाममा उपाध्यक्ष हुनुहुन्थ्यो । हाल उहाँ उद्योग व्यवसायी महासंघ झापाको कोषाध्यक्ष,सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष, नेपाल पशुपंछि व्यवसायी मेची शाखाको सह सचिव लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्द हुनुहुन्छ ।
हालका महासचिब अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा आवद्द रहेका व्यवसायीहरु एक भएर निर्वाचनमा जाने भद्र सहमति भइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसंग भने सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।