आइतवार, असोज ६, २०८१
NayaPaper | अनलाइन पत्रिका

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा लक्ष्मी प्रसाद सापकोटाको उम्मेदवारी रहने

मङ्गलवार, माघ ९, २०८०

झापा, ९ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ ।उम्मेदवार बन्न चाहानेहरुले चर्चा सुरु गरेका छन् ।
व्यवसायी लक्ष्मी प्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताउनु भयो ।

बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय सन्चालन गर्दै आउनु भएका सापकोटा आविस्कार विजनेस (एग्रोभेटिनरी) का सन्चालक हुनुहुन्छ । व्यवसायी सापकोटाले आफुले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेपनि अर्जुन कुमार मैनाली नेतृत्वको ' स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताउनु भयो ।

सापकोटा २०६० सालमा उद्योग वाणिज्य संघ पशुपतिनगर इलाममा उपाध्यक्ष हुनुहुन्थ्यो । हाल उहाँ उद्योग व्यवसायी महासंघ झापाको कोषाध्यक्ष,सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्ष, नेपाल पशुपंछि व्यवसायी मेची शाखाको सह सचिव लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्द हुनुहुन्छ ।

हालका महासचिब अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा आवद्द रहेका व्यवसायीहरु एक भएर निर्वाचनमा जाने भद्र सहमति भइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसंग भने सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।

सम्बन्धित खबर