Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.
Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.
Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.
एनआरटीले चुम्यो इलाम गोल्डकपको उपाधि
शनिवार, माघ १३, २०८०
इलाम, १३ माघ : इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टिम काठमाडौं (एनआरटी)ले चुमेको छ । आज भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । प्रतियोगितामा विर्तामोड युनाइटेड झापा उपविजेता भएको छ ।
विर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए । एनआरटीका राजीव लोप्चनले पहेँलो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टर फाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । विर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापालगायतका अतिथिले वितरण गर्नुभएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु पाँच हजार पुरस्कार वितरण गरिएको छ । गएको माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फुटबल क्लबले आयोजना गरेको हो ।